योगेश भट्टराईले डा केसीलाई भने अनसन छोडेर खुसी मनाउनुस्



हाम्रो इकोनोमि

 

 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा सांसद भट्टराईले भने, डा. केसीलाई भन्न चाहन्छु, तपाईको सतप्रतिशत जित भएको छ । अनसनबाट निस्कनुस्, खुसी मनाउनुस् ।’

 

उनले अब डा. केसीले जीन्दगीभर आनसन बस्नु नपर्ने दाबी गरे । उनले भने, डा. केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भयो । सबै नेपालीको जित भएको छ ।’

 

सांसद भट्टराईले कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुनै हालतमा विचल्लीमा नपर्ने दाबी गरे ।

 

उनले भने, आजै कार्यबाहक प्रधानमन्त्रीले स्पष्टीकरण दिने योजनामा थियौं तर, अवरोधका कारण बोल्न पाउनु भएन । तर, म भन्न चाहन्छु, तनहुँ र बाँकेका दुबै अस्पताल विचल्लीमा पर्ने छैन बजेट व्यवस्थापन गरेर सञ्चालन गर्छ ।’

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. गोविन्द केसीको शतप्रतिशत जित भएको छ ।कांग्रेसको अवरोधका बीच शुक्रबार प्रतिनिधिसभा बैठकले विधेयक पास गरेको थियो ।

 

देउवाले भने सदन र सडकमा आन्दोलन गर्छौं

 

आफ्नो नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको छ । संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी भएको बताए । साथै सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको उनले बताए । अब सदन र सडकमा संघर्ष गर्ने देउवाले बताए ।

 

कांग्रेसको अवरोध र नारावाजीबीच चिकित्सा शिक्षा विधेयक पास

 

प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।

 

कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए । लगतै विधेयकमाथि छलफल गर्न समय दिए तर, कसैले पनि भाग लिएनन् ।लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पास भयो ।

 

सदनमा के भन्यो कांग्रेसले

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अपस्ताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

 

शुक्रबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले सचेतक पुष्पा भुसाललाई समय दिइन् । उनले सरकारको निर्णय सच्याउनु पर्ने बताइन् ।

 

ई तिहाईको बलमा संसद चलाउन नसक्ने भन्दै उनले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताइन् । मन्त्री स्वयंमले सहमतिअनुसार विधेयक आउँछ भनेर प्रतिवद्धता गरेको स्मरण गराउँदै उनले भनिन्, संसदको सम्पत्ति भइरहेको विषयमा इमान्दारिता हुनुपर्छ ।

भएन भने प्रमुख प्रतिपक्षी दलले त्यसको निगरानी त गर्नै पर्‍यो नि सभामुख महोदय ।’ सांसद भुसाल बोले लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...