वाह रबि ! ९६ बर्षकी आमाले मलाइ घरबाट निकाले भन्दै रुदै फोन गरिन रविले भने नरुनुस आमा तपाईलाई जिबन भरि म पाल्छु
कार्यक्रम सिधा कुरा जनता संग सदाको जस्तै गरी प्रसारण भै रहेको थियो ।केहि रिपोर्ट प्रसारण भैसकेका थिए त केहि रिपोर्ट प्रसारण हुदै थिए ।
यतिकैमा ९६ बर्षको आमाले लाइभ कार्यक्रममा रुदै फोन गरिन ।उनले भनिन मलाई पाल्छु भनेर मेरो सम्पति शेष पछी खाने भनेर नाति नातिनालाई पास गरे तर नातिनातिनाले मलाई हेरेनन ।
खान दिएनन । उल्टै मलाई गालि गरे अनेक भनेर धम्काए । यति भन्दै गर्दा रबि बोल्न सकेनन र निकै भाबुक बनिरहे लाग्थ्यो उनले यो बेला बोल्ने सब्द नै भेटेनन ।
अनि गर्बका साथ भने आमा तपाई नरुनुस तपाई बाचुन्जेल म पाल्छु तपाइको बस्ने खाने औसधि उपचार म गर्छु आमा !उनले आमालाई सान्त्वना दिदै भने आमा तपाईलाई हामि सम्पर्क गर्ने छौ तपाइँ लाइ भेट्न आउने छौ तर तपाई आखा बाट एक थोपा पनि आशु नखासल्नु होला तपाइँ रुनु भयो भने देशले सराप्छ ।
म एउटा बाचा गर्न चाहन्छु तपाई बाचुन्जेल म एउटा छोरा भएर तपाको आशु पुछ्नेछु । तपाइँ बाचुन्जेल हामी तपाईको आशिर्बाद लिनेछौ ।
रविले स्काइप मार्फत लाइभमा ल्याउन सहयोग गर्ने लाइ पनि धेरै धेरै धन्यबाद दिएका छन् ।
निकिता पौडेललाई प्रश्नः तपाईंलाई रवि लामिछानेको के कुराले लोभ्यायो?
सञ्चारकर्मी रवि लामिछानेले २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याएलगत्तै चललचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग कोर्ट म्यारिज गरेको खबरले अहिले बजार तातिएको छ।
रवि लामिछानेसँग कहिलेदेखि प्रेममा पर्नुभयो?
हाम्रो चिनजान भएको ९ महिना भयो। तर विवाह गर्ने निर्णयमा पुगेको चाहिँ त्यस्तै तीन महिना भयो।
विवाह गर्ने निर्णयमा कसरी पुग्नुभयो?
हामी दुवै जनालाई राम्रोसँग चिन्ने एक जना दाई हुृनुहन्थ्यो। उहाँलाई हाम्रो व्यक्तिगत जीवनका बारेमा राम्रो जानकारी थियो। त्यसपछि उहाँले हामी दुईले विवाह गर्दा राम्रो हुन्छ भन्नुभयो। दुवै एक्लै भएको र प्रोफाइल पनि मिल्ने भएकाले विवाह गर भन्नुभयो। त्यसपछि हामीले एक अर्काको परिवारसँग सल्लाह गर्यौं अनि सहमतिमै अहिलेका लागि कोर्ट म्यारिज गर्यौं।
तपाईंलाई रविको कस्तो बानीले लोभ्यायो?
मलाई रविजीको केयरिङ एकदमै मनपर्छ भने सरल स्वभाव अनि अन्डरस्ट्यान्डिङ कुराले मेरो मन जित्यो।
तपाईंको पारपाचुके भएको चाहिँ कति भयो?
म श्रीमान्सँग छुट्टिएर बसेको सात/आठ वर्ष भइसकेको थियो, तर मैले दुई वर्षअघि मात्र डिभोर्ज फाइल गरेको थिएँ। त्यसको प्रोसेसिङ एकदमै लामो हँुदोरहेछ। हामीले ९ महिनाअघि मात्र सहमतिमै डिभोर्स गरेका हौं।
तपाईंहरूसँगै बस्न थाल्नुभयो कि बेग्ला-बेग्लै हुनुहुन्छ?
हामीले माघ ९ गते कोर्ट म्यारिज गरेको हौं। त्यसपछि हामी वैधानिक रूपमा श्रीमान्श्री-मती भइसक्यौं। अहिले रविजी तेस्रो तलामा बस्नुहुन्छ र म छैठौं तलामा छु। उहाँले माघ १५ गतेदेखि फ्ल्याट छाड्ने भन्नुभएको छ।


