बानेश्वरमा केसी समर्थक र प्रहरीबीच झडप, २५ जना पक्राउ



हाम्रो इकोनोमि

 

अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले राजधानीको नयाँ वानेश्वरमा विवेकशील नेपाली दलसहितका समर्थकले प्रदर्शन गरेका छन् ।

सो क्रममा विवेकशीलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास गरेपछि दुई पक्षबीच घम्साघम्सी भएको हो  ।  त्यस क्रममा प्रहरीले विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने अन्यमा विवेकशीलका सदस्यहरु शशी बिक्रम कार्की, अजिता राई, डा दिनेश प्रसाईं, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी, लगायत रहेका छन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

बिबेकशील नेपाली दलका नेता मिलन पाण्डेले डा केसीसँग १५ औँ अनशनमा सरकारले गरेको सम्झौतापत्र लिएर संसद भवनतर्फ अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...