पारस शाहको नयाँ अड्डा, के-के हुन्छ धन्दा ?, ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाउँदै



हाम्रो इकोनोमि

 

पूर्व युवराज पारस शाहले आफ्नो छविलाई सुधार गर्दै लगेका छन् । पारसले आफूलाई सामाजिक गतिविधिहरूका साथै सर्वसाधारण जनताहरूसँग सकेसम्म नजिक लैजाने प्रयास गर्दै आएका छन् । विदाका दिनहरूमा पूर्व युवराज पारस गोदावरी नगरपालिकातिर बाक्लै देखिने गरेका छन् ।

 

पारस बेला–बेला सातदोबाटो हुँदै चापागाउँतिर हानिने गरेका छन् । चापागाउँ भन्दा अलिक माथि गएपछि एउटा फार्म हाउस आउँछ । त्यहि फार्म हाउसमा दिनभरि पारसले बिताउने गरेका छन् ।

 

चापागाउँभन्दा माथिको जंगलमा रहेको फार्म हाउस शाही सरकारका पूर्व सहायक मन्त्री निक्षशम्शेर राणाको हो । राणाले नै पारसलाई आफ्नो फार्म हाउसमा बोलाएर रमाइलो गर्ने गरेका हुन् ।

 

स्रोतका अनुसार पूर्वयुवराज पारसले काठमाडौंको कोलाहलबाट बच्नका लागि शान्त ठाउँमा जाउँ भनेर त्यतातिर जान थालेको आफ्ना साथी र सहयोगीहरूलाई भन्ने गरेका छन् । राणाले पनि पारसकै आग्रहमा फार्म हाउसमा लैजाने गरेको बताउने गरेका छन् ।

 

फार्म हाउसभित्र पारसले के–के गर्छन्, त्यो भने केही खुलेको छैन । तर, फार्म हाउसमा विभिन्न थरी खानपानको व्यवस्था गरिएको हुन्छ । स्रोतका अनुसार पूर्व सहायकमन्त्री राणाले पूर्वयुवराज पारसलाई जंगली बँदेल, कालिज, चित्तल आदिको मासुको व्यवस्था गर्छन् ।

 

त्यतिमात्रै होइन पूर्वयुवराज पारसले मदिरा सेवन पनि गर्ने गरेको बताइन्छ । दाह्रीजुँगा सेतै फुलेका राणा अहिले पनि हृष्टपुष्ठ देखिन्छन् । आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्दै आएका राणा र पूर्व युवराज पारस चापागाउँ भन्दा माथिको जंगलमा रहेको फार्म हाउसमा अरु कुनै पनि व्यक्ति सँग बोल्दैनन् ।

 

पछिल्लो समय पारस र राणाबीच सम्बन्ध सुमधुर बन्दै गएको छ । पारसले राणासँग राजनीतिक र अन्य विविध विषयमा सरसल्लाह लिने गरेका छन् । पारस र राणाबीच विशेष गरेर शनिबारका दिन फार्म हाउसमा भेटघाट हुने गरेको छ । बिहान एघार बजेतिर पारस र राणा आ–आफ्ना गाडी चढेर फार्म हाउसमा आउने गरेको चापागाउँका एक जना प्रत्यक्षदर्शीले बताए ।

 

ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाउँदै, मध्य र पूर्वी तराईको भ्रमणमा निस्कँदै

पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जानुहुने भएको छ । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लाग्नुभएको हो ।

 

माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड शसस्त्रका डिएसपी शिव राउत सहित पूर्व राजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ । सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ । उहाँ सिमराबाट पूर्वी तराईको भ्रमण गर्नुहुने भएको छ ।

पुर्व राजाको सुरक्षा सहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ । निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रवन्ध गर्ने भएको छ । पूर्व राजाको साथमा निजी सहयोगी भान्छे समेत सिमरा पुग्ने भएका छन ।करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट झापाको दमक जाने कार्यक्रम तय भएको समाचार प्राप्त भएको छ।

 

दमक पुग्नु अघि तराईका विभिन्न जिल्लाका स्थानीयले स्वागत कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन् । अहिले सम्म यही २० गते दमक जाने कार्यक्रम तय भएको छ–स्रोतले भन्यो । सिमरा बसाइका क्रममा उहाले आफु निकट तीनवटै राप्रपाका नेतासंग भेट गर्ने कार्यक्रम रहेको छ । अहिले को–को संग भेट गर्ने भन्ने टुंगो लागेको छैन स्रोतले भन्यो –तर सिमरामा उच्च तहका राजनीतिक नेतासंग भेट्ने गरी योजना तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...