‘साइकलमन्त्री’ले भ्रमण भत्ता भन्दै १४ लाख बुझे, हेर्नुहोस सूची अरुले कति सके राज्यको ढुकुटी



हाम्रो इकोनोमि

 

 

२०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करीव साढे २ करोड रुपियाँ सिध्याइएको छ ।खर्च कटौती गर्न प्रधानमन्त्री ओलीले मितव्ययी बन्न भने पनि मन्त्रीहरूको पारा पहिलाको जस्तै देखिएको छ ।

 

मन्त्रीहरूले जिल्ला भ्रमण गर्दा एक दिनको ३ हजार रुपैयाँ भत्ता पाउँछन् । अध्ययन भन्दै हरेक साताजसो भ्रमणमा निस्कने मन्त्रीहरू अधिकांश आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्ला पुगिरहेका हुन्छन् ।

 

मन्त्रीले विदेश भ्रमण गर्दा भने दैनिक २ सय ५० अमेरिकी डलर भत्ता पाउँछन् । युरोपेली मुलुकको भ्रमण गर्दा ३३ प्रतिशत थप गरिन्छ ।यो अवधिमा २५ मन्त्रीले विभिन्न जिल्ला भ्रमण गरी रकम बुझेका छन् । २१ जना मन्त्रीले पटक–पटक विदेश भ्रमण गरेका छन् ।

 

गृहमन्त्री रामबहादुर थापाले चैतदेखि असारसम्म भने दैनिक भ्रमणभत्ता, भ्रमण खर्च र हवाई टिकटबापत ८४ हजार ८ सय रुपियाँ बुझेका छन् । २५ जनामा थापा नै सबभन्दा कम रकम बुझ्ने मन्त्री हुन् ।

 

साइकल मन्त्रीका रुपमा चिनिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै मन्त्रीले भन्दा धेरै १३ लाख ८३ हजार ९ सय ६० रुपियाँ बुझेका छन् ।

 

मन्त्री पण्डितले सर्लाही, रूपन्देही, पाल्पा, सुनसरी, नुवाकोट, कपिलवस्तु, झापा, पर्सा, स्याङ्जा, चितवन, कास्की र मकवानपुर भ्रमण गरेको बिलभर्पाइ बुझाएर रकम लिएका छन् ।

 

पण्डितले चीन र भारतको समेत भ्रमण गरेका छन् । दुवै देशमा उनी पत्नी विमला महत र सचिवालयका कर्मचारी लिएर गएका थिए । सुरुमा उनले आफू पनि विदेश भ्रमण नगर्ने र तह र मन्त्रालयका कर्मचारीलाई पनि अनावश्यक विदेश भ्रमण गर्न नदिने अडान लिएका थिए ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीपनि धेरै भ्रमण भत्ता खाने मन्त्रीमा परेका छन् । मन्त्री अधिकारीले १२ लाख ९७ हजार ७ सय २० रुपियाँ सरकारी ढुकुटीबाट बुझेका छन् ।

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले १० लाख ३३ हजार ४ सय ७० रुपियाँ बुझेका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले ९ लाख ५५ हजार ५ सय ३० रुपियाँ बुझेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ९ लाख १८ हजार ४ सय ३५ रुपियाँ बुझेका छन् ।

 

कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनालले भ्रमण भत्ताबापत ६ लाख ८३ हजार १ सय रुपियाँ बुझेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ५ लाख ९४ हजार १ सय लिएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ४ लाख ३५ हजार १ सय बुझेकी छन् ।

 

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले ३ लाख ९७ हजार ५० रुपियाँ बुझेका छन् । खानेपानीमन्त्री विना मगरले ३ लाख ५१ हजार ५ सय ५० रुपियाँ भत्ता बुझेकी छिन् ।

 

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २ लाख ४६ हजार ९ सय बुझेका छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले २ लाख २७ हजार २ सय ४० रुपियाँ भ्रमणभत्ता बुझेका छन् ।

 

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री कार्यालयबाट २ लाख ११ हजार ३ सय ५० रुपियाँ भ्रमणभत्ता बुझेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ लाख २ सय भत्ता बुझेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले १ लाख ४९ हजार ६ सय बुझेको रेकर्डमा देखिएको छ ।

 

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले १ लाख २९ हजार ७ सय भ्रमण भत्ता बुझेका छन् । अर्थमन्त्री युवराज खतिवडाले १ लाख ४० हजार ५ सय, पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले १ लाख १५ हजार २ सय १५, ऊर्जामन्त्री वर्षमान पुनले १ लाख ८६ हजार ७ सय ५०, पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले १ लाख २२ हजार १ सय १० रुपियाँ बुझेको रेकर्ड छ ।

 

कृषि राज्यमन्त्री रामकुमारी चौधरीले ६ लाख ६२ हजार ६ सय ८५, भूमि व्यवस्थामन्त्री पदमा अर्यालले ३ लाख ३७ हजार ७ सय ९०, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले १ लाख ९५ हजार र कानूनमन्त्री भानुभक्त ढकालले १ लाख ६४ हजार ८ सय रुपैयाँ भत्ता बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...