शिक्षामन्त्रीलाइनै आक्रमण गर्ने कांग्रेसकाे तयारी, भिडन्त रोक्न सय जना मर्यादा पालक संसदमा



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभाको आजको बैठकमा भिडन्तको संभावना देखेपछि बैठक कक्षमै सयजना मर्यादापालक खटाइने भएको छ ।  सत्तारुढ नेकपा जसरी पनि संसद्मा चिकित्सा शिक्षा विधेयक पारित गर्ने र प्रमुख प्रतिपक्षी कांग्रेस प्रस्तुत गर्नै नदिने योजनामा लागेपछि आजको बैठकमा भिडन्तको संभावना रहेको छ ।

 

कांग्रेसले बिद्येयक रोक्न जस्तोसुकै कदम चाल्ने भन्दै सांसदलाई आवश्यक परे भिडन निर्देशन दिइसकेको छ । गत सोमबार र मंगलबारका ५ बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई स्थगित भएपछि आज दिउँसो १ बजेका लागि अर्को बैठक आह्वान भएको छ ।

 

शुक्रबार नेकपा जसरी पनि विधेयक प्रस्तुत गर्ने रणनीतिमा छ । तर, कांग्रेस जुनकुनै हालतमा रोक्ने योजनामा छ । मंगलबार नै धकेलाधकेलको अवस्थामा पुगेको तनाव शुक्रबार थप बढ्ने संकेत दुवै पक्षका सांसदहरूले दिएका छन् । दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मर्यादापालकसमेत थपेको छ । हाल एक सय ३१ मर्यादापालक रहेकामा ३० जना थप्ने भएको हो ।

 

संसद् बैठकमै सय मर्यादापालक खटाइनेछन् । ‘आवश्यक परे ३० जनाजतिको संख्यामा प्रहरी हेडक्वार्टरबाट मगाउनेछौँ । यसअघि मंगलबारको तेस्रो बैठक बस्ने वेलामा पनि एक सय ३१ बाहेक अन्य ३० जनालाई हामीले तयारी अवस्थामा राखेका थियौँ,’ सचिवालयको भनाई छ । सचिवालयले आवश्यक परे रोस्ट्रमअघि मर्यादापालकको डबल रो राखिने जनाएको छ ।

 

संसदको प्रक्रियामा गइसकेकाले विधेयक अब फिर्ता नहुने र परिमार्जन पनि नगर्ने अडानमा नेकपा छ । कांग्रेसले भने सभामुख कृष्णबहादुर महराको भूमिका पार्टी नेताकोजस्तो भएकाले माफी नमागेसम्म संसद चल्न नदिने अर्को अडान थपेको छ ।

यसअघि उसले आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघीय सरकार मातहत गठन आदेश नदिएकोमा संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेस सांसदहरुले चिकित्शा बिद्येयक प्रस्तुत गर्न खोजे भिडन्त हुने बताइसकेका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...