अधिनायकवाद भने पनि चिकित्सा शिक्षा विधेयक पास हुन्छ



हाम्रो इकोनोमि

 

सरकारले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा हुने दाबी गरेको छ । साथै संसदबाट यो पास गरिछाड्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रष्ट पारेका छन् । पछिल्लो मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले विधेयक फिर्ता लिने वा हुने सम्भावना नरहेको प्रष्ट पारे ।

 

प्रस्तावित विधेयकले जनतामुखी थुप्रै व्यवस्था गरेको भन्दै उनले कतै डा. केसीलाई गुमराहमा राख्न खोजिएको त छैन भन्ने प्रश्न गरेका छन् । उनले भने, ‘यो विधेयक डाक्टरसा’बले पढ्न पाउनु भएको त छ ? अर्कै पढ्न दिइएको त छैन ?’

 

डा. केसीले विधेयक जनतामुखी, विद्यार्थीमुखी भएन भनेर सांसदहरुलाई लेखेको पत्रतर्फ संकेत गर्दै उनले ‘हावामा तरबार चलाएर निशाना नलाग्ने’ बताए ।

 

मन्त्री बास्कोटाले अघि भने, अरु मुद्दा किन मिसाइएको ? यति मेडिकल शिक्षाको सुधारतर्फ हो भने यति नै भविश्यका निम्ति पर्याप्त नहोला तर, आजको हकमा यो पर्याप्त छ । उहाँको मुद्दा सम्बोधन भएको छ । अनसन बस्न आवश्यक छैन ।’

 

सरकारले के गर्छ भन्ने प्रश्नमा सञ्चारमन्त्री बास्कोटाले अधिनायकवाद भने पनि, दुई तिहाईको दम्भ भने पनि चिकित्सा शिक्षा विधेयक पास हुने प्रष्ट पारे । उनले भने, ‘कुरा सिम्पल छ, सरकारले पेश गरेको छ, पास हुन्छ । इफ एण्ड बट छैन ।’

 

मन्त्रिपरिषद बैठक : भाषा आयोगमा हमाल नियुक्त, दूतावासलाई जग्गाको हदबन्दी

 

सरकारले भाषा आयोगको अध्यक्षमा उषा हमाललाई नियुक्त गरेको छ । हमाल सुर्खेत निवासी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले हमाललाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

 

त्यस्तै सरकारले विशेष राहदानी बहाकलाई एकअर्को मुलुकको भ्रमण गर्दा प्रवेशाज्ञामा छुट दिने सम्झौतालाई स्वीकृत गरेको छ । त्यसैगरी रक्सौल–अमलेखगञ्ज पाइपलाईन विछ्याउन केही रुखहरु काट्नुपर्ने भएकाले ती रुखहरु हटाउन अनुमति दिएको छ । क्याविनेटले राजपत्रांकित वा सो सरहका कर्मचारी समायोजन नेपाल सरकारले गर्ने निर्णय पनि गरेको छ ।

 

त्यसैगरी विदेशी कुटनीतिक नियोगलाई जग्गा उपलब्ध गराउँदा त्यो जग्गाको हदबन्दी लगाएको छ । जसमा राजदूतावासका लागि बढीमा ४ रोपनी, बाणिज्य दूतावासका लागि ८ र महावाणिज्य दूतावासका लागि ३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...