अधिनायकवाद भने पनि चिकित्सा शिक्षा विधेयक पास हुन्छ



हाम्रो इकोनोमि

 

सरकारले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा हुने दाबी गरेको छ । साथै संसदबाट यो पास गरिछाड्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रष्ट पारेका छन् । पछिल्लो मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले विधेयक फिर्ता लिने वा हुने सम्भावना नरहेको प्रष्ट पारे ।

 

प्रस्तावित विधेयकले जनतामुखी थुप्रै व्यवस्था गरेको भन्दै उनले कतै डा. केसीलाई गुमराहमा राख्न खोजिएको त छैन भन्ने प्रश्न गरेका छन् । उनले भने, ‘यो विधेयक डाक्टरसा’बले पढ्न पाउनु भएको त छ ? अर्कै पढ्न दिइएको त छैन ?’

 

डा. केसीले विधेयक जनतामुखी, विद्यार्थीमुखी भएन भनेर सांसदहरुलाई लेखेको पत्रतर्फ संकेत गर्दै उनले ‘हावामा तरबार चलाएर निशाना नलाग्ने’ बताए ।

 

मन्त्री बास्कोटाले अघि भने, अरु मुद्दा किन मिसाइएको ? यति मेडिकल शिक्षाको सुधारतर्फ हो भने यति नै भविश्यका निम्ति पर्याप्त नहोला तर, आजको हकमा यो पर्याप्त छ । उहाँको मुद्दा सम्बोधन भएको छ । अनसन बस्न आवश्यक छैन ।’

 

सरकारले के गर्छ भन्ने प्रश्नमा सञ्चारमन्त्री बास्कोटाले अधिनायकवाद भने पनि, दुई तिहाईको दम्भ भने पनि चिकित्सा शिक्षा विधेयक पास हुने प्रष्ट पारे । उनले भने, ‘कुरा सिम्पल छ, सरकारले पेश गरेको छ, पास हुन्छ । इफ एण्ड बट छैन ।’

 

मन्त्रिपरिषद बैठक : भाषा आयोगमा हमाल नियुक्त, दूतावासलाई जग्गाको हदबन्दी

 

सरकारले भाषा आयोगको अध्यक्षमा उषा हमाललाई नियुक्त गरेको छ । हमाल सुर्खेत निवासी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले हमाललाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

 

त्यस्तै सरकारले विशेष राहदानी बहाकलाई एकअर्को मुलुकको भ्रमण गर्दा प्रवेशाज्ञामा छुट दिने सम्झौतालाई स्वीकृत गरेको छ । त्यसैगरी रक्सौल–अमलेखगञ्ज पाइपलाईन विछ्याउन केही रुखहरु काट्नुपर्ने भएकाले ती रुखहरु हटाउन अनुमति दिएको छ । क्याविनेटले राजपत्रांकित वा सो सरहका कर्मचारी समायोजन नेपाल सरकारले गर्ने निर्णय पनि गरेको छ ।

 

त्यसैगरी विदेशी कुटनीतिक नियोगलाई जग्गा उपलब्ध गराउँदा त्यो जग्गाको हदबन्दी लगाएको छ । जसमा राजदूतावासका लागि बढीमा ४ रोपनी, बाणिज्य दूतावासका लागि ८ र महावाणिज्य दूतावासका लागि ३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...