काँग्रेस महासचिव बनेकी प्रियंकाले किन लिईन् अमिताभसँग आशीर्वाद ?



हाम्रो इकोनोमि

भारतीय काँग्रेसको उत्तरप्रदेश महासचिव बनेकी काँग्रेस नेतृ प्रियंका गान्धीले आफ्नो सक्रिय राजनीतिकमा प्रवेशको घोषणा गर्नु अघि अमिताभ बच्चनसँग आशीर्वाद लिएको कुरा बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमहरुले बुधवार कांग्रेस अध्यक्ष राहुल गान्धीले बुधवार प्रियंकालाई उत्तर प्रदेश पूर्वको जिम्मेवारी सहित उत्तर प्रदेशको महासचिवमा नियुक्त गर्नु पूर्व उनले अमिताव बच्चनसँग भेटेको विषय बाहिर आएको हो ।

 

भारतमा चर्चित रहेको ‘२४ अकबर रोडु किताबका लेखक राशिद किदवईले एक लेखमा लेखेका छन् कि पूर्वी यूपीका इन्चार्ज बनाईनु पहिले प्रियंकाले प्रियंकाको बच्चनसँग भेटघाट भएको थियो । दिल्लीमा भएको सो भेट गोप्य रहेको समेत उनले दाबी गरेका छन् ।

 

सो लेखमा राशिद किदवईले यो पनि दाबी गरेका छन् कि अभिनेता अमिताभ बच्चनले कथित तरिकाले प्रियंकालाई आशीर्वाद र शुभेक्षा प्रकट गरेका छन् । बच्चन परिवार सञ्जय गान्धीको समयदेखि नै गान्धी परिवारसँग नजिक मानिएका छन् । यो घटनाले अझै एक पटक बच्चन परिवार गान्धी परिवारसँग नजिक रहेको पुष्टि भएको छ । पारिवारिक रुपमा समेत नजिक रहेका बच्चनसँगको आशीर्वादले उनलाई राजनीतिमा थप सहज हुने विश्लेषण गरिएको छ ।

 

तत्कालीन संकटकालको समयमा अमिताभको संजय गान्धीको समर्थनमा लागेको भनेर धेरै आलोचना समेत भएको थियो । सञ्जय गान्धीको निधन पछि राजीव गान्धीले राजनीतिमा पाईला राखे । त्यसपछि १९८२मा बच्चनले दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा एशियन गेम्सको उद्घाटन कार्यक्रममा भेटेका थिए । त्यस कार्यक्रममा राजीव अघिल्लो लाईनमा बसेका थिए भने बच्चन कार्यक्रमका सञ्चालक थिए ।

 

बोफोर्स घोटालेमा अमिताभमाथि समेत विचौलियाको आरोप लगाईएको थियो । यसपछि अमिताभले इलाहाबादबाट सांसद पदबाट समेत राजीनामा दिएका थिए । त्यतिबेला नै उनले राजनीतिबाट सन्यास लिएको घोषणा समेत गरेका थिए । उनले राजीनाले काँग्रेसलाई भने घाटा भयो । १९८७ मा भएको उपचुनावमा हार बेहोेर्नुपरेको थियो ।

 

जब सोनिया गांधी इटलीबाट विहे गर्नको लागि भारत आईन् त्यतिबेला उनी पहिलो पटक बच्चा परिवारको घरमा नै बसेकी थिईन् । दुबै परिवारको सम्बन्ध धेरै राम्रो थियो । राहुल तथा प्रियंका, अमिताभलाई ‘मामू’ भनेर बोलाउँछन् ।

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...