काँग्रेस महासचिव बनेकी प्रियंकाले किन लिईन् अमिताभसँग आशीर्वाद ?



हाम्रो इकोनोमि

भारतीय काँग्रेसको उत्तरप्रदेश महासचिव बनेकी काँग्रेस नेतृ प्रियंका गान्धीले आफ्नो सक्रिय राजनीतिकमा प्रवेशको घोषणा गर्नु अघि अमिताभ बच्चनसँग आशीर्वाद लिएको कुरा बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमहरुले बुधवार कांग्रेस अध्यक्ष राहुल गान्धीले बुधवार प्रियंकालाई उत्तर प्रदेश पूर्वको जिम्मेवारी सहित उत्तर प्रदेशको महासचिवमा नियुक्त गर्नु पूर्व उनले अमिताव बच्चनसँग भेटेको विषय बाहिर आएको हो ।

 

भारतमा चर्चित रहेको ‘२४ अकबर रोडु किताबका लेखक राशिद किदवईले एक लेखमा लेखेका छन् कि पूर्वी यूपीका इन्चार्ज बनाईनु पहिले प्रियंकाले प्रियंकाको बच्चनसँग भेटघाट भएको थियो । दिल्लीमा भएको सो भेट गोप्य रहेको समेत उनले दाबी गरेका छन् ।

 

सो लेखमा राशिद किदवईले यो पनि दाबी गरेका छन् कि अभिनेता अमिताभ बच्चनले कथित तरिकाले प्रियंकालाई आशीर्वाद र शुभेक्षा प्रकट गरेका छन् । बच्चन परिवार सञ्जय गान्धीको समयदेखि नै गान्धी परिवारसँग नजिक मानिएका छन् । यो घटनाले अझै एक पटक बच्चन परिवार गान्धी परिवारसँग नजिक रहेको पुष्टि भएको छ । पारिवारिक रुपमा समेत नजिक रहेका बच्चनसँगको आशीर्वादले उनलाई राजनीतिमा थप सहज हुने विश्लेषण गरिएको छ ।

 

तत्कालीन संकटकालको समयमा अमिताभको संजय गान्धीको समर्थनमा लागेको भनेर धेरै आलोचना समेत भएको थियो । सञ्जय गान्धीको निधन पछि राजीव गान्धीले राजनीतिमा पाईला राखे । त्यसपछि १९८२मा बच्चनले दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा एशियन गेम्सको उद्घाटन कार्यक्रममा भेटेका थिए । त्यस कार्यक्रममा राजीव अघिल्लो लाईनमा बसेका थिए भने बच्चन कार्यक्रमका सञ्चालक थिए ।

 

बोफोर्स घोटालेमा अमिताभमाथि समेत विचौलियाको आरोप लगाईएको थियो । यसपछि अमिताभले इलाहाबादबाट सांसद पदबाट समेत राजीनामा दिएका थिए । त्यतिबेला नै उनले राजनीतिबाट सन्यास लिएको घोषणा समेत गरेका थिए । उनले राजीनाले काँग्रेसलाई भने घाटा भयो । १९८७ मा भएको उपचुनावमा हार बेहोेर्नुपरेको थियो ।

 

जब सोनिया गांधी इटलीबाट विहे गर्नको लागि भारत आईन् त्यतिबेला उनी पहिलो पटक बच्चा परिवारको घरमा नै बसेकी थिईन् । दुबै परिवारको सम्बन्ध धेरै राम्रो थियो । राहुल तथा प्रियंका, अमिताभलाई ‘मामू’ भनेर बोलाउँछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...