संसद्लाई यसो गर, त्यसो नगर भन्ने डा. केसी को हुन् ? : रामनारायण बिडारी [अन्तर्वार्ता]



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट राष्ट्रिय सभामा मनोनित सांसद रामनारायण बिडारी संसद्मा दिने मन्तव्य प्रस्तुतिका कारण चर्चामा आइरहन्छन् । वरिष्ठ अधिवक्ता समेत रहेका बिडारी संसद्मा बोल्दा सबैको ध्यानाकर्षण गर्न सक्छन् ।

 

आफूसँग भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनशनमा बसेको डा. गोविन्द केसीको मागप्रति बिमति राख्छन्, बिडारी । ‘संसद्लाई यो गर, त्यो गर भनेर निर्देशन दिने डा. केसी को हुन् ?

 

सरकारी तलब खाने कर्मचारीले संसद्लाई निर्देशन दिन मिल्छ ?’ लोकान्तर शोका लागि दिलनिशानी मगरसँगको कुराकानीमा बिडारीले प्रतिप्रश्न गरे ।

काठमाडौंमा घर भएका सांसदले किन घरभाडा लिएको, सालासाली पिए राखेर पैसा किन खाएको ? संसद्मा बहुमतको दम्भ किन देखाएको ? वाइडबडी विमान घोटाला किन गुपचुप गर्न खोजेको भन्ने प्रश्नमा सांसद बिडारीको जवाफका लागि हेर्नुहोस्, भिडियो

सीटीईभीटी मास्न पाइँदैन, डा.गोविन्द केसीको अनसन चाहिँदैन

 

निजी प्राविधिक शिक्षालय महासंघ नेपालले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौतामा टिएसएलसी तहका स्वास्थ्य तर्फका कार्यक्रम फेजआउट गर्ने बुँदा तत्काल सच्याउन दबाब दिएको छ । आज शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई ध्यानाकर्षणपत्र बुझाउँदै महासंघले सो दबाब दिएको हो ।

 

महासंघले डा.केसीको एकल जिद्धीलाई मात्र सम्बोधन गरे प्राविधिकतर्फका सम्पूर्ण शिक्षालयहरुको  नेतृत्व गर्दै आमरण अनसन बस्न बाध्य हुने चेतावनी समेत दिएको छ । महासंघले चिकित्सा शिक्षा विद्येयक नामाकरणले सबै स्वास्थ्यकर्मीहरुलाई नसमेटिने हुँदा नाम परिवर्तन गरी स्वास्थ्य शिक्षा विद्येयक समेत राख्न सुझाप दिएको छ ।

 

उक्त महासंघले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभिटी) बाट सम्बन्धन प्राप्त निजी क्षेत्रमा सञ्चलित टिएसएलसी तहका करिब ४ सय संस्थाहरुको प्रतिनिधित्व गरेको छ । ध्यानकर्षणपत्र बुझाउन महासंघ अन्तर्गतका प्राविधिक शिक्षालयबाट सयौं कर्मचारी र विद्यार्थीहरु उपस्थित थिए । उनीहरुले डा.केसीको अनसन चाहिँदैन, सिटीइभिटी मास्न पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड बोेकेर प्रदर्शन समेत गरेका थिए ।

सांसदहरुलाई डा. केसीले लेखे यस्तो पत्र, भने म मर्छु तर अनसन छोडदिन्न

 

आमरण अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेर चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याएका हुन् ।

 

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अधुरै नै रहने बताएका छन् । उनले पत्रमा लेखेका छन्, ‘मलाई आशा छ, समय र सत्ता फेरिँदा मुद्दा पनि फेर्नेहरुको बहकाउ र भ्रममा परेर प्रतिनिधिमुलक संस्थाले निर्णय गर्ने छैन ।’

 

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने आफ्नो माग माथेमा कार्यदलको सुझाव र स्वास्थ्य सेवाको गुणस्तरसँग समेत जोडिएको उनले बताएका छन् । डा. केसीको पत्रमा भनिएको छ, ‘यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो ।’ उनले भने म मर्न तयार छु तर अनसन छोडदिन्न ।

 

उनले लेखेका छन्, ‘जहाँसम्म काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्ने कुरा छ, सरकारले ५ वर्षभित्र प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज खोल्नुपर्छ र निजीको हममा आयोगले अध्ययन गरी विभिन्न विकल्पहरुसहित आवश्यक निर्णय गर्न सक्छ । म त सधैं दुर्गममा मेडिकल कलेज खोल्नुपर्छ भधनेर निरन्तर लडिरहेकै छु ।’

 

आफूले कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको भन्दै डा. केसीले प्रधानमन्त्रीसँग बालुवाटारमा भएको छलफल, सुभाषचन्ऽ नेम्वाङ र विष्णु पौडेलको उपस्थितिमा भएको सम्झौता र देव गुरुङले दर्ता गरेको संशोधन सम्भिmएका छन् । ‘सम्झौता गरेका वा साक्षी बसेका सबैजसो दलबाट आज तपाईंहरू संसदमा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘एउटा नागरिकको रुपमा मैले सरकार, प्रधानमन्त्री र जनप्रतिनिधिले गरेका बाचा र सम्झौता केवल जालझेल मात्रै थियो भन्ने ठान्न सक्दिनँ ।

तपाईं सांसदहरू पनि पक्कै त्यस्तो ठान्नुहुन्न होला । यदि त्यस्तो हो भने त आम नेपाली जनताप्रतिको विश्वासघात हुनेछ र त्यसविरुद्ध हामी लड्नुको विकल्प रहने छैन ।’ डा. केसीले चिकित्सा शिक्षा विधेयकमा संसदीय समितिले गरेको त्रुटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी ऐन ल्याउन सांसदहरुलाई अपील गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...