भोलि चिकित्सा विधेयक पारित हुन्छ : सभामुख महरा



हाम्रो इकोनोमि

 

सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गर्न भोलि पनि शान्तिपूर्ण तरिकाले कोशिस गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले शुक्रबार बस्ने संसद बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्ने बताएका हुन् । ‘भोलि पनि शान्तिपूर्ण तरिकाले चिकित्सा शिक्षा विधेयक पास गर्न कोशिस हुन्छ’ उनले भने ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताको नाममा खुलेका अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा संसद अवरुद्ध गर्दै आएको बेला सभामुखले यस्तो बताएका हुन् । सभामुख महराले अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग अलग भएकाले कांग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नभएको बताए ।

 

सरकारले चिकित्सा शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने भनिरहेको भन्दै महराले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने बताए । ‘सत्तापक्ष जसरी पनि गर्नुपर्छ भन्नेमा छ, प्रतिपक्ष जसरी पनि रोक्न खोज्छ, यसमा मैले मिलाउन खोज्ने हो’ सभामुख महराले भने ‘सरकारले छिटो गर्नुपर्छ भनेको छ, त्यो त मान्नुपर्छ, केही न केही भोलि निश्कर्ष निस्केला आशावादी छु ।’

 

सभामुख महराले कांग्रेसलाई मर्यादित भएर संसदीय व्यवस्था अवलम्बन गर्न आग्रह गरेका छन् । ‘लामो समयदेखि संसदीय व्यवस्थामा अभ्यस्त हुँदै आउनुभएका उहाँहरुलाई मर्यादित भएर संसदीय व्यवस्थामा लाग्न मेरो अनुरोध छ’ उनले भने ।

 

मंगलबारको संसद बैठकमा कांग्रेस सांसदहरुले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न रोष्टम जानबाटै रोका थिए । यस विषयमा नेकपा सांसद योगेश भट्टराईले विगतमा पनि मन्त्रीले रोष्टममा नगई प्रस्ताव प्रस्तुत गरेको नजीर रहेको बताएका थिए । तर सभामुख महराले भने ‘ सकेसम्म पहिले भएको नजीर नदोहोर्‍याउँ भन्ने हो ।’

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...