नेता गगन थापाको हेर्नाेस दर्जन घटना, बाख्रा र मासु पसल काण्डदेखि अर्बौको घुस काण्डसम्म



हाम्रो इकोनोमि

 

राम्रो वाक कलाका कारण नेपाली कांग्रेसका युुवा नेता तथा सांसद गगन थापा चर्चित र लोकप्रिय हुनुहुन्छ । तर, छोटो समयमै नेपाली कांग्रेसभित्र आफ्नो प्रभाव र पहुँच जमाउन सफल थापासँग अनेक भ्रष्टाचार र अनियमितताका काण्डहरुसँग जोडिएका छन् ।

 

विद्यार्थी राजनीतिदेखि सांसद हुदै स्वास्थ्यमन्त्री हुँदासम्म थापाको दर्जन भन्दा काण्डहरु भएका छन् । वाहिर आर्दशका कुरा गर्ने युवा नेता थापाका अधिकांश काण्ड अनियमितता र लुटसँग जोडिएका छन् । पछिल्लो समयमा अनशनरत डा.गोबिन्द केसीको सबैभन्दा बलियो संरक्षक बन्नुभएका थापाले स्वास्थ्य क्षेत्रमा आफ्नो साम्राज्य विस्तार गर्नका लागि डा.केसीलाई मोहोरा बनाउनु भएको तथ्य बिस्तारै खुल्न थालेको छ ।

 

एलाइन्स फर पिस जस्ता संस्थाहरुबाट सहयोग ल्याएर डा केसी अनसनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारविरुद्ध जनमत सृजना गर्ने माध्यम बनाउनु भएका थापाले डा।केसीलाई १६ औं अनसन बस्न लगाउनु भएको तथ्य पनि बाहिर आइसकेको छ ।

 

त्रिचन्द्र कलेजमा लाखौंको बेरुजु

थापाको राजनीतिको उद्गम थलो काठमाडौंको त्रिचन्द कलेज हो । त्रिचन्द्र कलेजमा उनी स्ववियु सदस्य, सचिव हु्दै सभापति हुनुभयो थापा । तर, सभापति भने विद्रोही उम्मेवार बनेर जित्नुपरेको थियो । उहाँ सभापति भएको बेला त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भएको भ्रष्टाचार काण्डले अझै टुंगो पाएको छैन । थापाको नाममा ३० लाखभन्दा बढीको बेरुजु अझै पनि महालेखा परीक्षकको कार्यालयमा रहेको छ ।

 

त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजमा अहिले पनि उनको बेरुजुको फाइल रहेको छ । थापाले त्रिबि र कलेज प्रशासनलाई बेरुजु फाइल बाहिर ल्याए जागीर खाइदिने धक्की समेत दिने गर्नुभएको गुनासो बेला बेलामा आउने गरेको छ् । त्यसो त त्रिचन्द्र कलेजबाटै उहाँले आफ्नो साम्राज्य बिस्तार गर्नभएको थियो ।

 

त्रिचन्द्रमा सभापति रहेको बेला लाखौं पैसा उठाएको समेत समकालिन नेता बताउँछन । विदेश भ्रमणदेखि दारु पार्टीसम्मको पैसा कलेजबाटै तिराउने गरेको तथ्य पनि त्रिचन्द्रमै रहेको छ । उहाँले त्रिचन्द्र कलेज छदा नविन महर्जनमार्फत आफ्नो चन्दाको कारोबार गर्ने गरेका त्रिचन्द्रका प्राध्यापकहरु बताउँछन् ।

 

पनिकाको बेवसाईड काण्ड

गगन थापा जनआन्दोलन ताका चर्चित विद्यार्थी नेता हुनुहुन्थ्यो । त्यही बेला परिक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाईडको काम हात पार्नुभयो । उहाँले परिक्षा नियन्त्रण कार्यालयको बेवसाइड बनाउछु भनेर ५ लाख पेस्की पनि लिनुभयो । तर, वेबसाईड बनाएनन् । पनिका एक कर्मचारी भन्छन्, ‘उहाँले न वेबसाईड बनाएर दिनुभयो न, पैसा नै फिर्ता गर्नुभयो ।’

 

गुण्डानाइके कुमार घैंटे काण्ड

गुण्डानाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि उनको हत्या हो भन्दै मानवअधिकार आयोगमा न्याय माग्न गए । कुमार घैंटेमार्फत् गगन थापाले करोडौं रुपैयाँ लगानी गरेको चर्चा हुनु र उहाँ आफै मानवअधिकार आयोगमा वर्तमान आइजीपी सर्वेन्द्र खनालमाथि कारबाहीको माग गर्दै गुहार माग्न जानु संयोग मात्र नभएको चर्चा त्यतिबेला हुने गरेको थियो ।

 

घैंटे मारिएपछि थापा विक्षिप्त जस्तै बन्नुभयो । उहाँले मानवअधिकार अयोगमा उजुरी दिनुभयो, संसदमा आवज उठाउनु भयो । घैटे गगनका प्रमुख आर्थिक सहयोगी थिए । गगनले व्यपारिक घराना र कर्पोरेटहरुको सूचना घैटेलाई दिएर चन्दा असुली गर्न लगाउने गरेको आरोपसमेत रहेको छ ।

 

बलत्कारका आरोपी काण्ड

गगन थापाको आवरण राजनीतिक देखिए पनि गुण्डा नाइकेहरुलाई संरक्षण गर्दै आएको संजीव लामा स्यालसँगको कनेक्सनले पुष्टी गरेको छ । स्याल केही महिनाअघि बलात्कार आरोपमा पक्राउ परेपछि गगन थापाले उनलाई छुटाउन प्रहरीलाई दबाब दिनुभएको थियो । चितवनकी रुपा शर्मा (नाम परिवर्तन) लाई गुण्डानाइके संजीव लामा स्यालले २०७५ जेठ २८ मा बलात्कार प्रयास गरेका थिए । घटना भएको ३ दिनपछि २०७५ जेठ ३० गते दरबारमार्ग प्रहरी बृत्तमा उजुरी परेको थियो । रुपाको उजुरीपछि लामा पक्राउ परेका थिए ।

 

लामा आफैले खोलेको दरबारबार्ग महेन्द्र शालिक अगाडि रहेको नोला लाउन्ज एण्ड बारमा म्यानेजर राखेकी रुपालाई उनले बलात्कार प्रयास गरेका थिए । बलात्कार प्रयास गर्ने लामालाई छाड्न र बलात्कार केस मिलाउन थापालगायत केही नेताहरुले प्रहरी बृत्त दरबारमार्गका डीएसपी दानबहादुर मल्ललाई चर्को दबाब दिएको कुरा मिडियामा आएको थियो ।

 

बाख्रा र मासु पसल काण्ड

गगनले कृषिदेखि बाख्रापालन, कुखुरापालनदेखि मासु प्रशोधन उद्योग खोल्नका लागि ब्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) बाट करोडौं रुपैयाँ अनुदान लिएर हजम गरेको समाचारसमेत सार्वजनिक भइसकेको छ । प्याक्टमा उहाँकै जिल्लाका आयोजना प्रमुख योगेन्द्रकुमार कार्कीमार्फत् करिब १५ करोड अनुदान लिनुभयो ।

 

बाख्रापालन, लप्सी खेती, मौरी पालन, लोकल कुखुरापालन र कुरिलोखेती गर्ने उद्देश्य सहित बनाइएको ‘सुनखानी एकीकृत कृर्षि केन्द्र’को नामबाट उहाँले पैसा लिनुभएको हो । सुरुमा नुवाकोटमा बाख्रा फारम र काठमाडौंको गोल्फुटारमा मासु पसल खोल । २०६८ साउन २८ मा उहाँले धुमधामका साथ उदघाटन गरेको एच एन्ड एच मिट सप अनुदान हजम गरेपछि बन्द भयो ।

 

गगन थापा र उहाँको टीमले खोलेका कर्मना एग्रिकल्चर फार्मद्वारा संचालित नेपाल मिट प्रोसेसिङ इन्ष्डष्ट्रिज पनि बन्द भयो । अनुदान लिएको केही महिनापछि गल्फुटारमा खोलिएको कर्मना फार्म र बी एण्ड एच मिट सप बन्द भयो । त्यो ठाउँमा आवत जावत गर्नेहरुले गगन थापाको मासु पसल त अनुदान खानका लागि खोलिएको रहेछ भन्न थाले ।

 

उहाँले आफूले सरकारी पैसा नलिएको दाबी गर्दै आउनु भएको छ । तर, उहाँको यो दाबीलाई गोल्फुटारमा राखेको बोर्डले नै खण्डन गर्छ । थापाले मासु पसल अगाडि परियोजनाको नाम, पैसा र अन्य विवरण सरकारी लोगो सहित बोर्ड बनाएर राख्नुभएको थियो ।

 

विपिको भिसीमा १४ करोड काण्ड

गगनको सबैभन्दा ठुलो फटाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुत्ती काण्ड हो । स्वास्थ्यमन्त्री भएको बेला थापाले १४ करोड लिएर प्रा।डा। राजकुकार रौनियारलाई कुलपति बनाएको आरोप त सार्वजनिक नै भइसकेको छ । बदनाम रैनियार पैसाकै कारण कुलपति बनेकोगगनकै सहयोगी नेता बताउँदै हिडेका छन । रौनियार नियुक्ति गरेको असर आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोगीरहेको छ ।

 

त्यसो त अहिले पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गगनकै गहिरो प्रभाव छ । उहाँले नियुक्त गरको उपकुलपति रैनियारले अहिले पनि बिभिन्न ठेक्का र टेन्डरको पैसा गगनलाई पुर्याउने गरेको बताइन्छ । डा. रौनियार अनेक काण्ड जोडिएका छन् । ती मध्ये रौनियारमाथि १.५ टेस्ला एमआरआइ खरिद प्रकरण, अंकोलोजी र कार्डियोलोजी सेन्टर निर्माणमा सप्लायर्समा करोडौ अनियमितता भएको भन्दै अहिले पनि छानविन भइरहेको छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियारले लागत मूल्य भन्दा डेढ गुणा बढी लागतमा काठमान्डौस्थित हस्पिटेक इन्टप्राइजेजसँग खरिद गर्न लागेको एमआरआई उपकरण टेन्डर रद्द गरेपछि यो प्रकरण सर्वोच्च अदालतसम्म पुगेको छ ।

 

गत साता प्रतिष्ठानका उपकूलपति डा. रौनियारले एकल निर्णयबाट एमआरआई उपकरण खरिद रद्द गर्ने निर्णय गरेपछि हस्पिटेक इन्टरपाइजेज अदालत गएको हो । गत ०७४ चैत्र २५ गते हस्पिटेकले सर्वोच्च अदालतका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरुद्ध मुद्दा दायर गरेकोमा सर्वोच्चले २६ गते कारण देखाऊ आदेश जारी गरेको छ । शतप्रतिशत एलसी जारी गरेर एमआरआई सिपमेण्ट समेत भइसकेको अवस्थामा उपकुलपतिले टेन्डर रद्द गरेको भन्दै सोका विरुद्ध हस्पिटेक अदालत गएको हो ।

 

डा. रौनियार उपकुलपति हुनु पूर्व प्रतिष्ठानको रेडियोलोजी विभागको प्रमुख रहँदा तत्कालीन व्यवस्थापनले सोही मेसिन सोही कम्पनीबाट १२ करोड मूल्यमा खरिद गर्न खोज्दा अनुपयुक्त भनी सिफारिस गरेका थिए । डा. रौनियारले यो सबै गगनको सल्लाहमा गरेको बताइन्छ । १२ करोड मूल्यमा खरिद कार्य रोकेर बखेडा झिकेका डा. रौनियारले अहिले आफू उपकुलपति भएको केही हप्ताभित्रै सोही मेसिन करिब १८ करोडमा खरिद गर्ने निर्णय गरेर सरकारको सम्पत्तिमा ब्रम्हलूट गर्न उद्यत भए ।

 

उक्त खरिद निर्णयमा कार्यकारिणी समितिका दुई महत्वपूर्ण व्यक्ति तत्कालीन शिक्षाध्यक्ष प्राडा. विक्रमप्रसाद श्रेष्ठ र रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ‘नोट ओफ डिसेन्ट’ लेख्दा समेत डा. रौनियारले अटेर गरेका थिए । त्यत्तिबेला यो कार्यमा मेडिकल व्यवसायी विशाल पण्डितले नै ठुलो सहयोग गरेका थिए ।

 

प्रतिष्ठानमा एकाधिकार जमाउन पण्डितकै योजना अनुसार डा. रौनियारले एमआरआई १.५ टेस्लाको स्पेशिफिकेसन बनाए, अनि चालू अन्तर्रा्ष्ट्रिय बजार भाउ भन्दा डेढ गुणा बढी लागत राख्न लगाए । डा. रैनियारले हरेक टेन्डरको पैसा गगनलाई ब’झाउन पर्ने आफ्ना साथीहरुलाई पनि बताउँदै आएको प्रतिष्ठानका एक चिकित्सक बताउँछन् । जनताटानइम्सले जनाएको छ ।

 

तस्विर साामजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...