विराटनगरमा स्कुल भ्यान दुर्घटना, ६ विद्यार्थी घाइते, २ गम्भीर



हाम्रो इकोनोमि

 

विराटनगर महानगरपालिका- १५ मा स्कुल भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबै विद्यार्थी १० वर्ष मुनीको रहेको प्रहरीले जनाएको छ। सातजना विद्यार्थी बोकेर श्रीराम बोर्डिङ स्कुलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान बिहीबार बिहान ११ बजे स्कुल नजिकै अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले बताए ।

 

तीव्र गतिका कारण भ्यान दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा सोही स्कुलको युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, ८ वर्षीय कृष्ण राजवंशी, ९ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने ५ वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत ९ वर्षीय पिपल राणापाल घाइते भएको प्रनि रानाले बताए।

 

भेनमा सवारमध्ये कक्षा ३ मा अध्ययनरत ब्युटी साह भने सकुशल रहेको प्रहरीले जनाएको छ। घाइतेको विराटनगरस्थित कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।घाइतेमध्ये कुनाल र दिलनवाजको अवस्था गम्भीर छ। घाइते बालबालिकालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएका हुन्। दुर्घटनापछि भ्यानका चालक विराटनगर- १४ का वीरेन्द्र महतो फरार रहेकाले उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।फाईल तस्बिर

 

सांसदहरुलाई डा. केसीले लेखे यस्तो पत्र, भने म मर्छु तर अनसन छोडदिन्न

 

आमरण अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेर चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याएका हुन् ।

 

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अधुरै नै रहने बताएका छन् । उनले पत्रमा लेखेका छन्, ‘मलाई आशा छ, समय र सत्ता फेरिँदा मुद्दा पनि फेर्नेहरुको बहकाउ र भ्रममा परेर प्रतिनिधिमुलक संस्थाले निर्णय गर्ने छैन ।’

 

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने आफ्नो माग माथेमा कार्यदलको सुझाव र स्वास्थ्य सेवाको गुणस्तरसँग समेत जोडिएको उनले बताएका छन् । डा. केसीको पत्रमा भनिएको छ, ‘यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो ।’ उनले भने म मर्न तयार छु तर अनसन छोडदिन्न ।

 

उनले लेखेका छन्, ‘जहाँसम्म काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्ने कुरा छ, सरकारले ५ वर्षभित्र प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज खोल्नुपर्छ र निजीको हममा आयोगले अध्ययन गरी विभिन्न विकल्पहरुसहित आवश्यक निर्णय गर्न सक्छ । म त सधैं दुर्गममा मेडिकल कलेज खोल्नुपर्छ भधनेर निरन्तर लडिरहेकै छु ।’

 

आफूले कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको भन्दै डा. केसीले प्रधानमन्त्रीसँग बालुवाटारमा भएको छलफल, सुभाषचन्ऽ नेम्वाङ र विष्णु पौडेलको उपस्थितिमा भएको सम्झौता र देव गुरुङले दर्ता गरेको संशोधन सम्भिmएका छन् । ‘सम्झौता गरेका वा साक्षी बसेका सबैजसो दलबाट आज तपाईंहरू संसदमा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘एउटा नागरिकको रुपमा मैले सरकार, प्रधानमन्त्री र जनप्रतिनिधिले गरेका बाचा र सम्झौता केवल जालझेल मात्रै थियो भन्ने ठान्न सक्दिनँ ।

 

तपाईं सांसदहरू पनि पक्कै त्यस्तो ठान्नुहुन्न होला । यदि त्यस्तो हो भने त आम नेपाली जनताप्रतिको विश्वासघात हुनेछ र त्यसविरुद्ध हामी लड्नुको विकल्प रहने छैन ।’ डा. केसीले चिकित्सा शिक्षा विधेयकमा संसदीय समितिले गरेको त्रुटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी ऐन ल्याउन सांसदहरुलाई अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...