१८ वर्षकी युवतीको कुकुरसँग विवाह , सारा गाउनै जन्ती ! आखिर किन गरियो यस्तो { हेर्नुहोस् पुरा फोटोहरु }



हाम्रो इकोनोमि

 

 

भारतमा एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् ।झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह भएको हो ।मानिसबीचको विवाह समारोहमा कुनै सबै प्रक्रिया पुरा गरेर यो विवाह भएको हो ।

बिबाहका लागि मुण्डाका बाबुले गाउँ नजिकैबाट एउटा कुकुरलाई कारमा राखेर विवाह मण्डपमा ल्याएका थिए । बिबाहपछि कुकुर एउटा पाल्तु जनावरको रुपमा मुण्डाकै घरमा छ । ज्योतिषीले मुण्डाको भाग्य राम्रो नभएको र उनले मानिससँग विवाह गरेमा घर परिवारलाई राम्रो नहुने भविष्यबाणी गरेपछि गाउँका बुढापाकाले भेला नै आयोजना गरेर उनको कुकुरसँग विवाह गरिदिएका हुन् । बेहुलीको भेषमा रहेको मुण्डाले यो विवाहबाट आफू खुसी नभएको बताईन् ।

तर गाउँका सबैले कर गरेपछि विवाह गर्नु परेको उनले बताईन् । ‘मैंले एक दिन पुरुषसँग विवाह गर्ने छु’ उनले भनिन् ‘हरेक युवतीले एक राजकुमारसँग विवाह गर्ने सपना देखेका हुन्छन्, म मेरो राजकुमारलाई पर्खिरहेको छु ।’ गाउँलेले कुकुरसँगको विवाहले उनको भाग्य राम्रो हुने तर जीवनमा कुनै असर नपर्ने बताएका छन् ।

कुकुरसँग विवाह गरेपछि अब उनलाई अरु पुरुषसँग विवाह गर्न छुट भएको गाउँलेले बताए । भारतका ग्रामीण क्षेत्रमा अशिक्षाका कारण यस्ता कुरीति र रुढिवादी कुरामा विश्वास गर्ने धेरै छन् । मुण्डा पनि त्यही रुढिवादीको मारमा परेर कुकुरसँग विवाह गर्न बाध्य भएकी हुन् – वेलायती अनलाइन डेलीमेलमा प्रकाशित समाचारका आधारमा

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...