हत्या र बेश्याको जघन्य आरोपले बबिताको विवाह रोकियो



हाम्रो इकोनोमि

 

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सयौ ब्यक्ति शंकाको घेरामा परे । प्रहरी अनुसन्धानदेखि डीएनए परिक्षणसम्म भयो । तर सवैभन्दा चर्काे निशानामा कञ्चनपुरकै बम दिदीबहिनीहरु परे । एउटाले बिद्यालय छोडिन भने अर्की प्रहरीको थुनामा बसिन् । बिद्यालय छोड्नु र थुनामा बस्नुभन्दा ठुलो पीडा बेश्या, हत्याको आरोपले पोलिरहेको छ ।

 

प्रतिवेदन भोका अधिकारकर्मीहरुले समेत हचुवाको भरमा उनीहरुलाई निर्मलाका हत्यारा भनेर किटान गरेका छन् तर उनीहरु हत्यारा भएको प्रमाण न प्रहरी र छानविन समितिसँग छ नत अदालतले कसुरदार नै ठहर गरेको छ । भीडको बीचबाट उनीहरु बेश्या र हत्याका आरोपी बने । निर्मलाको आमालाई बम दिदीबहिनीले दिएको एक जवाफ नै उनीहरुका लागि अभिसाप सावित भयो ।

 

रोशनी निर्मलाको हत्यापछि बिद्यालय जान सकेकी छैनन् । बिद्यालयले अन्य बिद्यालयमा पढ्न जाने अनुमति पनि दिएको छैन । बिबिताले स्नातक दोस्रो बर्षको परिक्षामा समाबेश हुन पाइनन् । यतिमात्र होइन, बेश्या र हत्याको आरोपले उनको विवाह नै रोकिएको छ । ‘सरकारले हामीलाई यो आरोप लगाएको होइन, अधिकारकर्मी र मिडियाले लगाएका हुन् ।

 

उनीहरुले लगाएको आरोपले हामीलाई ज्यूदै मारेको छ भने जीवनभर भूल्न नसकिने पीडा दिएको छ’ बबिताले भनिन् ‘१२ साउनमा मेरो इंगेजमेन्ट भएको थियो, मंसिरको महिलो साता विवाह गर्ने कुरा थियो । तर मलाई यस्तो आरोप लाग्यो की विवाह नै गर्न नसकिने अबस्थामा पुग्यो ।’

 

बबितासँग इंगेजमेन्ट गरेको केटाको परिवारले अहिले विवाह गर्न मानेको छैन । ‘पहिले सत्य तथ्य पत्ता लागेस त्यसपछि सोचौला भन्ने जवाफ आएको छ’ बबिताले भनिन् ‘म पनि छिटो सत्यतथ्य पत्ता लगोस भन्ने पक्षमा छु । आरोपबाट म मुक्ति पाउने थिएँ ।’ निर्मलाको हत्यापछि बबिताको परिवार बन्दी बनेको छ । बिछिप्त मनहरु लिएर राजधानी काठमाडौं पनि न्याय माग्दै आए । तर न्याय माग्ने कोसँग ? उनीहरु आफै रनभुल्लमा परेका छन् ।

 

बबिता र रोशनीलाई छानविन समिति, प्रहरी र अदालतले कसुरदार नै ठहर गरे उनीहरुलाई कारवाही गर्न कुनै आँसुले रोक्ने छैन । तर बेकसुर ठहरिए दस्ताबेजका भोका अधिकारकर्मीलाई कुन कारवाही गर्ने ? आत्मआलोचनाले मात्र पुग्दैन, कारगारको बाटो देखाउनु नै पर्छ ।

 

जघन्य अपराधको घटनामा बम दिदीबहिनीमाथी अनुसन्धान हुन जायज हो । तर हत्यारा नै भएको भीडबाट दोषी करार गर्नु अर्काे अपराध हो । भीडले नै हत्यारा करार गर्दै जाने हो भने अदालतको ढोका बन्द गर्दा फरक पर्दैन । निर्मलालाई न्याय दिन कुनै आँखाबाट झरेका नौटकी आँशुले पनि छेक्नु हुन्दैन । किनकी निर्मलाको हत्यापछि उनको घरपनि बिग्रहमा पुगेको छ । विघटन भइसकेको निर्मलाको परिवामा शोकमात्र परेको छैन दुखका आँसुहरु झरिरहेका छन् ।

 

अष्ट्रेलिया उड्यो नेपाल आइडल रवि सहितको टिम

 

वर्ल्ड टुर अन्तर्गत दोस्रो टुरका लागि नेपाल आइडल टप ६ को टोलि अष्ट्रेलिया प्रस्तान गरेको छ । अष्ट्रेलियाका विभिन्न सहरमा हुने कन्सर्टमा आआफ्नो प्रस्तुति राख्न टप ६ को टोलि त्यहा प्रस्तान गरेको हो । नेपाल आइडलका बिजेता रवि ओडले सामाजिक संजालमा स्टाटस राख्दै आफुहरु अष्ट्रेलिया जना लागेको जानकारी गराएका हुन् ।

 

१० दिने जापानको टुर सकाएर स्वदेश फर्किएका नेपाल आइडलका बिजेता हरुको दोस्रो टुर अष्ट्रेलिया हुने भएको छ । टुरमा नेपाल आइडलका टप ६ को बिशेष प्रस्तुति रहने छ । नेपालकै चर्चित रियालिटी सो नेपाल आइडल सिजन-२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी अस्ट्रेलियामा आयोजना हुने लाइभ कन्सर्टमा प्रस्तुत हुने भएका छन् । कन्सर्टमा नेपाल आइडल-२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन् नेपाल आइडल-२ एपी वान टेलिभिजनको लोकप्रिय रियालिटी सो हो ।

 

आगामी फेब्रअरी ८ अर्थात् माघ २५ गते शुक्रबार सिडनीको लिभरपुल स्ट्रिटस्थित सार्क होटेलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल-लाइभ इन् सिडनी’ मा नेपाल आइडल-२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ मा पुग्न सफल गायकगायिकाहरू प्रस्तुत हुँदैछन् । सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो । वर्ल्ड टुर अन्तरगत अष्ट्रेलिया दोश्रो टुर हो ।

 

नेपाल आइडल रवि ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीतसंगीत प्रस्तुत गरेर साथ दिनेछन् । कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।

 

कार्यक्रम सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्नेछिन् । अस्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले यो बृहत् सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ । नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रूपमा कार्यक्रम सम्पन्न गर्ने गरी तयारी गरिएको नेपाली टचका फाउन्डर डाइरेक्टर दीपेश पुनले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...