जापानले सञ्चालन गर्‍याे चालकबिहीन बस (फोटो/भिडियाे)



हाम्रो इकोनोमि

 

सन् २०२० को ओलम्पिक्समा सहभागी हुन टोकियो विमानस्थल अवतरण गर्ने खेलाडी तथा अधिकारीहरूले प्रविधिकै नवीन र फरक अनुभव चाख्न पाउनेछन्।

 

जापानले ओलम्पिक्स पाहुनालाई विमानस्थलबाट बाहिर निस्किँदा चालकबिहीन बसबाट सेवा प्रदान गर्ने तयारी गरिरहेको हो।

टोकियोको हानिदा अन्तर्राष्ट्रिय विमानस्थलसहित मुख्य हबहरुमा यतिबेला यात्रु राखेरै एशियाकै अग्रणी यो देशले चालकबिहीन बहसहरुको सघन परीक्षण गरिरहेको छ।

जापानी राष्ट्रिय ध्वजाबाहक अल निप्पोन एयरवेज (एनएनए)सहित ६ वटा कम्पनीहरुले १० दिनसम्म सञ्चालन हुने परीक्षण गत हप्ता आरम्भ गरेका हुन्। परीक्षण भएका बसहरुमा मान्छे राखेरै सञ्चालन गर्न थालिएको छ।

सुरुमा चालक सिटमा चालक राखिएको थियो। यद्यपि ती चालकले बस सञ्चालन गर्दैनथे। दुर्घटना हुने सम्भावित अवस्थालाई ध्यानमा राख्दै उनीहरुलाई राखिएको थियो। सफल परीक्षणपछि चालकबिनै बस सञ्चालन सुरु गरिएको हो। यद्यपि यो परीक्षणकै एउटा पाटो हो।

सन् २०२० को ओलम्पिक्स टोकियोले आयोजना गर्दैछ। सन् २०२० को जुलाइ २४ देखि अगस्ट ९ सम्म सञ्चालन हुने सो विश्वस्तरीय प्रतियोगितामा जापानले यी चालकरहित बस सञ्चालन गर्ने अपेक्षा गरेको छ।

‘टोकियो ओलम्पिक्समा आउने पाहुनाहरुलाई यी चालकरहित बसबाट सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो’, एनएनएका परियोजना प्रमुख तादाकात्सु यमागुची भन्छन्, ‘अहिलेसम्मको चालकबिहीन बस सेवा परीक्षण सफल देखिएको छ।’

चालकबिहीन बसलाई जापानले ओलम्पिक्स पाहुनाका लागि मुख्य आकर्षण बनाउन चाहेको छ। पर्यटकलाई यी बसले आकर्षण गर्ने विश्वास लिइएको छ।

जिपीएस सिस्टम जडान भएका यी बसहरु प्रतिघन्टा ३० किलोमिटरको गतिमा गुड्नेछन्।

जापानको जनसंख्या घट्दो क्रममा छ। ‘घट्दो जनसंख्याले हामीलाई जनशक्तिको अभाव बढाउँदै लगेको छ। त्यसैले चालकरहित प्रविधिसहितको सवारी अवधारणामा जानु परेको परेको हो’, यामागुची भन्छन्, ‘हामी थोरै स्टाफ राखेरै यस्ता सवारी साधनको प्रभावकारी सञ्चालनको सुनिश्चितता दिन सक्छौं।’

 

भिडियाे

 

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...