हिमालमा पुगि बिकिनीमा तस्बिर खिचाउने युवती बरफ झैं जमेर मृत्यु



हाम्रो इकोनोमि

 

 

कहिलेकाही मान्छेहरुको सौख र इच्क्षाले मान्छेको ज्यानै जान पनि सक्छ । जसको उदाहरण बनेकीछिन् ताइवानी आरोही गिगी वु । सामाजिक सञ्जालमा समेत निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चिएत थिईन् ।

किनकी उनले हिमाल तथा पहाडको चुचुरोमा आरोहणपछि बिकिनी लगाएर तस्बिर खिचाउने गर्थिन् । उनले त्यसरी खिचेका तस्बिरहरु सामाजिक सञ्जालमाफर्त विश्वभर भाईरल हुने गथ्र्यो । ३६ बर्षीय गिगी जनवरी ११ मा एक्लै पहाडको यात्रामा निस्किएका थिईन् ।

जुन बेला उनी लडेर घाईते भईन् । एउटा खोल्सामा खसेकी उनलाई निकै चोट पनि लाग्यो । उनी खोल्सामा अड्किएपछि निक्लिन सकिनन् । त्यसपछि उनले साथीहरुलाई सेटलाइट फोनमार्फत आफुलाई मद्धत चाहिएको बताएकी थिईन् ।

लगत्तै उनको उद्धारको लागि हेलिकप्टर पनि पठाईयो तर मौसममा खराबी आएपछि हेलिकप्टर ल्याण्ड हुन सकेन फलस्वरुप २ डिग्री सेल्सियसको तापक्रममा उनी बरफ झै जमिन् ।

अन्तत उनको मृत्यु भयो । गिगीको शव समुन्द्री सतहभन्दा करिब १७०० मिटरमा भेटिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यसअघि पनि यात्राकै क्रममा धेरै पटक घाईते भएकी गिगी चाहिने उपकरण र सावधानीमा सधै सजग रहन्थिन् तर मानो पुगेपछि जुनसुकै सावधानी पनि कमजोर बनिदिन्छ ।

सुरुमा साथीहरुसंग कुनै बिषयमा बाजी थापेकी गिगीले हारेपछि हिमालमा गएर बिकिनीमा फोटो सुट गर्नुे पर्ने सर्त अनुसार उनले काम गरिन् तर पछि उनले यसलाई हबी नै बनाएकी थिईन् । जसको कारण आज उनको मृत्यु पनि भयो।
हेर्नुस् उनका केहि तस्वीरहरु:

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...