हिमालमा पुगि बिकिनीमा तस्बिर खिचाउने युवती बरफ झैं जमेर मृत्यु



हाम्रो इकोनोमि

 

 

कहिलेकाही मान्छेहरुको सौख र इच्क्षाले मान्छेको ज्यानै जान पनि सक्छ । जसको उदाहरण बनेकीछिन् ताइवानी आरोही गिगी वु । सामाजिक सञ्जालमा समेत निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चिएत थिईन् ।

किनकी उनले हिमाल तथा पहाडको चुचुरोमा आरोहणपछि बिकिनी लगाएर तस्बिर खिचाउने गर्थिन् । उनले त्यसरी खिचेका तस्बिरहरु सामाजिक सञ्जालमाफर्त विश्वभर भाईरल हुने गथ्र्यो । ३६ बर्षीय गिगी जनवरी ११ मा एक्लै पहाडको यात्रामा निस्किएका थिईन् ।

जुन बेला उनी लडेर घाईते भईन् । एउटा खोल्सामा खसेकी उनलाई निकै चोट पनि लाग्यो । उनी खोल्सामा अड्किएपछि निक्लिन सकिनन् । त्यसपछि उनले साथीहरुलाई सेटलाइट फोनमार्फत आफुलाई मद्धत चाहिएको बताएकी थिईन् ।

लगत्तै उनको उद्धारको लागि हेलिकप्टर पनि पठाईयो तर मौसममा खराबी आएपछि हेलिकप्टर ल्याण्ड हुन सकेन फलस्वरुप २ डिग्री सेल्सियसको तापक्रममा उनी बरफ झै जमिन् ।

अन्तत उनको मृत्यु भयो । गिगीको शव समुन्द्री सतहभन्दा करिब १७०० मिटरमा भेटिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यसअघि पनि यात्राकै क्रममा धेरै पटक घाईते भएकी गिगी चाहिने उपकरण र सावधानीमा सधै सजग रहन्थिन् तर मानो पुगेपछि जुनसुकै सावधानी पनि कमजोर बनिदिन्छ ।

सुरुमा साथीहरुसंग कुनै बिषयमा बाजी थापेकी गिगीले हारेपछि हिमालमा गएर बिकिनीमा फोटो सुट गर्नुे पर्ने सर्त अनुसार उनले काम गरिन् तर पछि उनले यसलाई हबी नै बनाएकी थिईन् । जसको कारण आज उनको मृत्यु पनि भयो।
हेर्नुस् उनका केहि तस्वीरहरु:

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...