कक्षा कोठामा पढ्दै गरेका बालबालिका माथी चट्याङ, २ को मृत्यु अन्य घाइते



हाम्रो इकोनोमि

 

जिल्लाको गन्यापधुरा गाउँपालिका-४ गनेडाकी रोशनी देउवाको चट्याङ लागेर मृत्यु भएको छ। विद्यालयको कक्षा कोठामा पढ्दै गर्दा चट्याङ लागेर देउवाको मृत्यु गएको स्थानीय नरेन्द्र भट्टले जानकारी दिए। रोशनी स्थानीय भुवनेश्वरी मावि कक्षा ६ की छात्रा हुन्।

कक्षा कोठमा पढिरहेको अवस्थामा एक्‍कासी चट्याङ लागेर १३ वर्षीया रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ। ।घाइते भएकी रोशनीको जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले बताए।

उपरीक्षक केसीका अनुसार चट्याङ लागेर घाइते भएकी देउवालाई उपक्षेत्रीय अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले मृत्यु घोषणा गरिदिए। यस्तै, आलिताल गाउँपालिकाकै- ५ भित्रीसैनमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

मृत्यु हुनेमा आलिताल गाउँपालिका -३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेको प्रहरीले बताएको छ। थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए। घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन्। चारैजनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...