छोरीलाई किन अलपत्र पार्यौ निकिता ?



 

 

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग चौथो र निकिताले दोस्रोपटक रविसँग विवाह गरेकी छन् ।

कुरा व्यक्तिगत नै हो, तर जनसरोकारसँग जोडिएका पात्रबाट समाजले के सिक्ने ? रविको यस्तो कदमले उनीबाट जन्मिएका वैधानिक दुई छोरी मात्र हैन, पछिल्ली पत्नी निकिताबाट जन्मिएकी छोरीले पनि पीडा सहनुपर्ने भएको छ ।

समाज सानो छ । उदाहरणस्वरूप उठिरहने यस्ता प्रसंगले पनि सन्तानलाई जीवनभर यातना भइरहन्छ ।

खासमा पूर्वपत्नी इशासँग सम्बन्धविच्छेदको प्रसंग आउँदा आफूहरू सम्बन्धमा नरहेको जिकिर गर्ने जोडीले सुन्ने र देख्नेलाई कति बेबकुफ बनाइरहेका थिए भन्ने कुरा उनीहरूको विगत कोट्याउँदा प्रष्ट हुन्छ ।

निकिता पतिसँग सम्बन्धविच्छेद नगरी बाह्य सम्पर्कमा थिइन् । तथ्यहरूले भन्छ, घरमा पति हुँदाहुँदै उनी १० महिनादेखि रविसँग मित्रपार्कस्थित अम्बे अपार्टमेन्टमा लिभिङ टुगेदरमा थिइन्, रवि पनि पत्नीसँग औपचारिक सम्बन्धमा रहँदारहँदै परस्त्रीसँग थिए ।

कानुन वा दुनियाँका आँखा त पर्दाले छोपिएला, तर के सामाजिक मर्यादा र नैतिक बन्धनले यस्तो गर्न दिन्छ ? निकिताले गत असार १५ गते काठमाडौं जिल्ला अदालतमा पति अभयबहादुर शाहविरुद्ध सम्बन्धविच्छेद र अंश चलनसम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।

उनलाई सम्बन्धविच्छेद भन्दा बढी अंश चाहिएको थियो ।

हिमालय बैंकमा जागिर खान्छन्, महाराजगञ्जस्थित शान्तिकुञ्ज–निर्मल निवासछाडि, टुँडालदेवी वरै, ब्राजिल दूतावाससँगै घर छ ।

मुद्दाको प्रक्रिया चल्दै जाँदा सम्पत्ति विवरण पेश गर्ने चरण आउँदै थियो । तर, अकस्मात् असोज लागेपछि ‘अहिल्यै, तुरुन्तै चाहियो’ भन्ने शैलीमा निकिता पेश हुँदा अन्ततः अंश मामिलाको समय नआउँदै असोज १७ गते हतार–हतार पतिसँग सम्बन्धविच्छेद हुने गरी मिलापत्र गरिन् ।

यसो गरिरहँदा आउँदो २७ अप्रिलका दिन १२ वर्ष पुग्ने (जन्म सन् २००७) छोरी अवनिकाको जिन्दगीसँग उनको कुनै सौदाबाजी रहेन । ‘दिए लान्छु, नभए चाहिएन’ भन्दै सम्बन्धविच्छेद गरेकी हुन् । छोरी बाबुकै संरक्षणमा छिन् ।

निकितासँग बाबुबाट प्राप्त टिभी फिल्मीको स्वामीत्व छ । गोपिकृष्ण हल उनका काका उज्ज्वल, भाइहरू निरक र निरजको भागमा परेको छ ।

बाबु उद्धव भने फिल्मी लफडाबाट पन्छिएर ओम हस्पिटल र ओम कलेज सञ्चालक समितिको अध्यक्ष भई बसेका छन् । आफ्नो रमाइलोका लागि आफूसँग जोडिएका वा आफैँले जन्माएका महिला (छोरी वा पत्नी) को जीवनसँग खेलबाड गर्ने र प्रश्न उठ्दा उल्टै ठूलो स्वर गर्ने भएपछि कस्तो समाज निर्माण होला ?
यसैबीच, सरकारले पदीय हैसियतसम्बन्धी कुरामा निकितासँग स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको