प्रचण्डको स्वास्थ्यमा सुधार, सीता आइसीयुमै, बिना तंग्रिदै



हाम्रो इकोनोमि

 

भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष प्रचण्डले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

 

चिकित्सकले पूर्वप्रधानमन्त्री प्रचण्डलाई दुई–तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष प्रचण्ड आफ्नै निवासमा आराम गरिरहेका छन् ।

 

यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबारै सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । नेकपा स्थायी कमिटि सदस्य योगेश भट्टराईदेखि धेरै नेताहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

अध्यक्ष प्रचण्डले प्रचण्डले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गरेका छन् । पछिल्ला केही दिनदेखि विभिन्न ठाउँमा कार्यक्रममा सहभागी हुन गएका प्रचण्ड पत्नी सीता बिरामी भएपछि अझै बढी चिन्तामा छन् ।

 

चार दिनदेखि प्रचण्ड पत्नी सीता सुमेरु अस्पतालमै उपचाररत छिन् । आइसीयुमा उपचाररत उनको पनि स्वास्थ्यमा उल्लेख्य सुधार आएको प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले बताएका छन् । लामो समयदेखि रोगले थलिएकी सीताको उपचारका लागि प्रचण्डले सीतालाई म्याग्दीको तातोपानीमा लगेर पनि उपचार गराएका थिए ।

 

त्यसैगरी प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बिना मगर पनि बिरामी भएकी छिन् । उनी पनि सोमबार साँझदेखि सुमेरु अस्पतालमै उपचाररत छिन् । उनलाई पनि भाइरल ज्वरो आएको हो ।

 

उनका स्वकीय सचिव विजयदेव भट्टराईका अनुसार मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था पनि सुधारोन्मुख रहेको छ ।

 

प्रहरी इन्काउन्टरमा मारिए दीपेन्द्र चौधरी

असईको हत्या र हबल्दारलाई घाइते बनाएको आरोप लागेका एकजना व्यक्तिको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । राजविराज रुपनी सडकखण्ड अन्तर्गत रायपुर नजिकै प्रहरी कार्वाहीमा सप्तरीको कडरबोना निवासी दिपेन्द्र चौधरी मारिएका हुन् ।

सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बुधबार बिहान ४ बजे गस्तीमा खटिएको प्रहरी टोलीमाथि एक राउण्ड फायर गरेपछि जवाफी फायरिङ् गर्दा उनको मृत्यु भएको बताए ।

 

एसपी बिष्टका अनुसार चौधरीले पाँच वर्षअघि असई रमेश सुव्वाको हत्या गरेको, एक साताअघि सप्तरीको खड्ग नगरपालिकामा प्रहरी हबल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेका थिए ।

यस्तै इलाका प्रहरी कार्यालय कडरबोना नजिकै केही वर्षअघि चौधरीले नै बम बिष्फोट गराएको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार मृतक चौधरीको साथबाट एक राउण्ड कटुवा पेस्तोल समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...