कांग्रेसको घेराबन्दीमा परे शिक्षामन्त्री, रोष्टममा जान दिएनन्



हाम्रो इकोनोमि

 

सरकार जसरी पनि चिकित्सा शिक्षा विधेयक पेश गर्ने र प्रमुख विपक्षी कांग्रेस रोक्ने मुडमा प्रस्तुत भएका छन् । आफ्ना दिवंगत नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई केन्द्र सरकार मातहत राख्नु पर्ने माग गर्दै कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध गरेको थियो ।

 

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भयो । दोस्रो बैठक सुरु नहुँदै कांग्रेसका सांसदहरु रोष्टम घेराउ गर्न पुगे, ताकि शिक्षामन्त्रीलाई रोक्न सकियोस् । नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे । तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई घेरेर रोष्टममा जान दिएनन् ।मर्यादापालकहरुले शिक्षामन्त्री पोखरेललाई रोष्टममा पुर्‍याउन नसकेपछि सभामुख कृष्णबहादुर महराले बैठक पुनः १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...