प्रचण्डलाई भाइरल ज्वरो : भेटघाट नगर्न चिकित्सकको सुझाव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ हुनुभएको छ । भाइरल ज्वरोका संक्रमण भई प्रचण्ड अस्वस्थ हुनु भएको हो । चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । चिकित्सकले उहाँलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ ।
भाइरल ज्वरोको संक्रमणपछि प्रचण्डकी पत्नी सीता दाहाल आइतवार अस्पताल भर्ना हुनुभएको थयो । आज बिहानै खानेपानी तथा सरसफाई मन्त्रीसमेत रहनु भएकी बुहारी बिना मगर पनि अस्पताल भर्ना हुनुभएको छ । रुघा र ज्वरोकै कारण आइतबार प्रचण्डपत्नी सीता दाहाललाई ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
अचानक स्वास्थ्यमा थप समस्या देखिएपछि आज बिहान सितालाई आइसियूमा सारिएको छ भने खानेपानी मन्त्री मगरलाई पनि आज बिहान सुमेरु अस्पतालमै भर्ना गरिएको छ । प्रचण्ड सचिवालयले जनाए अनुसार बिनालाई पनि भाइरल ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो । उहाँको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको सचिवालयले जनाएको छ ।
मौसमी भाइरलकै कारण प्रचण्ड र उनका कान्छा नाति प्रणव दाहाललाई पनि सामान्य ज्वरो आएको सचिवालय स्रोतले जनाएको छ । त्यस्तै यसअघि गत शनिबार छोरी गंगा दाहाल र नातिनी स्मृति दाहाल पनि अस्पताल भर्ना भएका थिए ।
खानेपानी मन्त्री बिना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना
खानेपानी मन्त्री बिना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन । रूघाखोकी र ज्वारोले ग्रस्त भएपछि मन्त्री मगर अस्पताल भर्ना भएकी हुन । उनी ललितपुरको धापाखेलमा रहेको सुमेरू अस्पतालमा भर्ना भएकी छिन ।

मन्त्री मगरको सासु नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल पनि सोही अस्पालमा अपचार गराइरहेकी छिन । परिवारका सदस्यहरू एकपछि अर्को गर्दै अस्पतालमै भर्ना हुने अवस्था आएपछि प्रचण्ड तनावमा परेका छन ।


