रबि लामिछानेलाई फेन्ट बनाउने गरी यस्तो लेखियो दमदार कविता



 

 

पुरुष हामी येस्तै हो ,
जे पनि गर्न मिल्ने !
जता पनि जान पाउने ।
गाउंको साढे जस्तो ?
जस्को बाली खाए नी भो ।
जुन गोठ भत्काए नी भो ।

एउटीलाइ थर्काउ ,
अर्कीलाइ फकाउ ।
सगैकीलाइ झुक्याउ ,
बाहिरकीलाइ फुर्क्याउ ।

बहाना चै देउ एउटा ।
कुरो मिलेन !
मन मिलेन !
तन मिलेन !
धन मिलेन !
उ एउटी महिला हो ,
दिनै पिछ्छे थोत्री रहने ।
हामी एउटा पुरुष हौ ,
मिनेटै पिछ्छे मात चढने ।

हेल्लो रबि !
आउ एउटा पुरुष सम्मेलन गरौ !
हामी पुरुष !
एउटा स्टेन्ड दिएपछि ,
दुइ चार मनका बात गरे पछि
नाथे महिलाका के कुरा ,
यी फगत पुतली !
हामी गुलाब ।
यी झुम्मिने !
हामी उम्किने ।

ओ पुरुष आदर्श रबी !
हामी लाइ नी आसिस देउ !
महिला केबल भोग्या हुन !
बजारका बिक्री माल हुन !
मन परेकालाइ किन्ने ,
नपरेकालाइ छोडने ।
पुरुष राज कायम रहोस !
रबि भगवान जायज होस !! गणेश उप्रेती

 

रविकाे विहेकाे खबर अमेरिकामा छाेरीहरूले सुनेपछि…… भिडियाे

 

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले निकिता पौडेलसँग तेस्रो बिह्से ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन,’ अमेरिकाबाट ईशाले भनिन्, ‘मेरो र दुई छोरीहरुको तर्फबाट शुभकामना लेखिदिनुहोला ।’ विगतका तीन सम्बन्धहरु जस्तो यो चौथो सम्बन्ध असफल नहोस भन्ने कामना पनि ईशाले गरेकी छन् ।

 

‘म कानूनीरुपमा रवीजीसँग अलग भए पनि सँधै उहाँको खुशी र प्रगति हेर्न चाहन्छु । मेरा छोरीहरुका बुवाको रुपमा उहाँसँग मेरो साइनो सदा जिवित रहनेछ । खाली यति भन्न चाहन्छु कि भविष्यमा नयाँ पत्नीलाई मलाई जस्तो तिरस्कार नगर्नुहोला,’ ईशाले थपिन् । ईशा अहिले दुई छोरीहरुसहित अमेरिकामा छिन् ।

 

गत महिना ईशा र रविको सम्बन्धविच्छेद भएको थियो । श्रीमतीसँग डिभोर्सलगत्तै रवि लामिछानेले अर्को बिहे गरेका हुन् । रवि र निकिता केही महिनादेखि प्रेममा थिए तर उनले त्यस्तो सम्बन्ध केहि नभएकोभन्दै आफ्ना फ्यानहरुलाई ढाँट्दै आएका थिए । निकिता पनि डिभोर्सी हुन् ।

 

सोमबार फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिएका हुन् । उनले एक–अर्काको परिवार, आफन्त र नातागोताको छलफल एवं अनुमतिमा काठमाडौं जिल्ला अदालतमा बिहे दर्ता गरेको बताएका छन् । ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो पर्‍यो ।

 

हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’ त्यसो त उनले आगामी वैशाखमा परम्परागत रुपमा फेरि बिहे गर्ने पनि बताएका छन् । आफूहरु दुवै जना यो निर्णयबाट खुशी रहेको रवीले बताएका छन् । उनले सुखद दाम्पत्य जीवनको लागि शुभकामनाको चाहना राखेका छन् । रवि र निकिता चाबहिलमा एउटै अपार्टमेन्टमा बस्ने गर्थे । उनीहरु लिभिङ टुगेदरमा रहेको कतिपयको आशंका थियो ।

 

तर, उनीहरुले आफूहरु फरक फरक फ्ल्याटमा बस्ने गरेको दावी गरेका थिए ।  निकितासँग बिहेसँगै रविको काँधमा तीन परिवारको जिम्मेवारी आएको छ । उनले पूर्वपत्नी ईशा र उनीतर्फका दुई छोरीहरुको सम्पूर्ण जिम्मेवारी लिने गरी सम्झौता गरेका छन् । यस्तै उनको एक विदेशी महिलासँग सम्वन्ध भएर एक छोरा छ । ती महिलाले छोरालाई दिदीको जिम्मा लगाएर अर्कै पुरुषसँग बिहे गरेकी छन् ।

 

 

२ पटक पटकपटक बिहे गरेर डिभोर्स गरेका रबीले अहिले तेस्रो बिहे गरेपछि सामाजिक सञ्जाल कतै आलोचना त् कतै बधाईको ओइरो लागेको छ ।खासमा इशाले पहिले नै रविले तेस्रो बिहे गर्न लागेको खुलासा गर्दै यसो भनेकी थिइन । यस्तो थियो इशाले खोलेको वास्तविकता “आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ ।

 

मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु ।

 

 

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको