डा.केसीलाई योगेश भट्टराईले भने उत्सव मनाउन तयार हुनुस्



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा.गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह गरेका छन् ।

 

डा.गोविन्द केसीले अनसनस्थलबाट सांसदहरुलाई बिधेयक पारित नगर्न भिडियो अपील सार्वजनिक गरे लगत्तै नेकपा नेता भट्टराईले केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न लागिएको बताएका छन् । केसी र भट्टराई दुवैले आ-आफ्ना आग्रह सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

 

भट्टराईले चिकित्सा शिक्षक विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन गरेको अपीललाई स्वागत र सम्मान गर्दै कुनै कमिकमजोरी रहेमा केसी जस्तै व्यक्तित्वको सुझावमा सुधार गर्दै लैजाने कुरामा ढुक्का हुन अनुरोध गरेका छन् ।

 

उनले भनेका छन–यसअघि बनेका बिभिन्न आयोग, समिति तथा कार्यदका सुझाव, बिभिन्न राजनीतिक दल, संघ संगठनका सुझाव र माननीय सदस्यहरुको संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलन समतेका आधारमा बिधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई बिश्वास दिलाउन चाहान्छु ।

 

अनसनको बेडबाटै डा केसीको माननीयहरुलाई अपील

१४ दिनदेखि १६ औं चरणको आमरण अनुसनमा बसिरहेका सत्याग्रही डा गोविन्द केसीले शिक्षण अस्पताल महाराजगञ्जको बेडबाटै माननीयहरुलाई अपील गरेका छन् ।

 

उनले मंगलबार चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्दै गरेको जानकारीमा आएको हुनाले त्यसमा जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु समेटेर विधेयक पारित गर्नेमा आशावादी रहेको बताएका छन् ।

उनले भनेका छन् –‘जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर समितिले पारित गरेको छ । हामीसंग सम्झौता भए अनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु फेरि थपेर माननीय ज्यूहरुले जनतामुखी र विद्यार्थीमुखी ऐन ल्याउन सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु । र म अनुरोध पनि गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...