रक्सी पिएर मञ्चमा उक्लिएका कांग्रेसका नेताहरूलाई रामधुलाई



हाम्रो इकोनोमि

 

 

ओखलढुंगा जिल्लामा आसन ग्रहणको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघ जिल्लाको १२औं अधिवेशनको उदघाटन सत्रमा कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ ।

ओखलढुंगामा सोमबार साँझ मञ्चमै भएको कुटाकुटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता बालकृष्ण दाहालले कुटाइखाएका छन् । उनको चस्मा पनि फुटेको छ ।

 

दाहालले आँखामा चोट लागेको र सामुदायिक अस्पतालमा परीक्षण गरेको बताएका छन् । दाहालसहितको समूहले रक्सी पिएर मञ्चमा उक्लिएर कार्यक्रम विथोल्न खोजेपछि सभापति शेरबहादुर देउवा समूहले रामधुलाई गरेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

 

कार्यक्रम विथोल्न खोज्ने ओखलढुंगाको पूर्वसभापति गोमा केसीमाथि पनि कुटपिट भएको छ । केसीले पत्रकार सम्मेलनमा आफूमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेर आरोप लगाइन् ।

 

नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने कुरामा विवाद भएको थियो । जिल्ला सभापति प्रदीप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद सुरु भएको थियो ।

 

मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरू बालकृष्ण दाहाल, लीलाबल्दभ दाहाल, पूर्व सभापति गोमा केसीबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

झडपपछि असन्तुष्ट पक्षले नेविसंघको कार्यक्रम बहिस्कार गरेका छन् । नेताहरूको कुटाकुटपछि विद्यार्थीसमेत दुई पक्षमा विभाजित भएका छन् । विद्यमान पदाधिकारी तथा प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने सञ्चालन भएको छ ।

 

संस्थापन पक्षले विधी मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरेर जिल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको राजीनामा माग गरेका छन् ।

 

कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप सुनुवारले मादक पदार्थ सेवान गरेका केही व्यक्तिहरू घुसाएर पार्टी हितविरुद्ध लागेका तत्वहरूले आफूमाथि आक्रमण प्रयास गरेको बताए ।

 

सभापति सुनुवारले आफूमाथि आक्रमण प्रयास गर्नेहरूलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको कांग्रेसको विवाद अहिले आएर झडपमा पुगेको छ । संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै असन्तुष्ट पक्षका केही नेताहरुलाई भने जिल्ला समितिले यसअघि नै कारवाही गरेको पनि सभापति सुनुवारले बताएका छन् ।

 

आज बिहानैबाट वर्षा र हिमपात, चिसो बढ्यो, काठमाडौंमा वर्षा हुने पूर्वानुमान

आज बिहानैदेखि सुदूरपश्चिम लगायत पश्चिमी क्षेत्रमा वर्षा भएको छ भने काठमाडौं उपत्यकासहित पश्चिम नेपालको मौसम बदली भएको छ ।उपत्यकामा सामान्य र पश्चिमका धेरैजसो ठाउँको मौसम पूर्णरुपमा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

पश्चिमी वायुको प्रभावका कारण पहाडी जिल्लामा हल्का वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । काठमाडौं उपत्यकामा भने बेलुकी वा रातिसम्ममा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको पनि उनले बताए ।

 

मंगलबारदेखि पश्चिमी वायुको प्रभाव नेपालतिर सरेकाले हल्का वर्षा र हिमपातको सम्भावना बढेको हो । अहिले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । वर्षा र हिमपात भएपछि चिसो बढेको छ । हिजोसम्म बिहानै घाम लाग्ने भएकाले चिसो घटेको थियो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...