प्रियंका भन्छिन्–‘आयुष्मान र म छुट्न सक्छौ, तर छुट्न चाहन्नौ



हाम्रो इकोनोमि

 

असारमा बिबाह बन्धनमा बाधिन लागेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’को औपचारिक घोषणा गरेका छन् । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सामाजिक सेवामा काम गर्ने उद्देश्य राख्दै फाउन्डेशनको घोषणा गरिएको हो

फाउन्डेशनको मुख्य सल्लाहाकारमा सरोज ओली छन् ।

‘आयांक फाउन्डेशन’ले गर्न लागेका मुख्य कामहरुमा किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालबिबाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रवन्ध गर्ने लगायतका छन् ।

यस्तै, सडकमा भेटिएका घर पालुवा जनावरलाई व्यवस्थित गर्नका लागि योसँग केन्द्रित रहेर काम गरिरहेका संस्थासँग सहकार्य गर्ने बताइएको छ ।पत्रकार सम्मेलनमा नायिका कार्कीले भनिन्–‘यो एउटा सुरुवात हो । हामी पहिले काभ्रे जाँदैछौ । जहाँ हामी प्याड वितरण गर्दैछौ ।’ यस्तै, बच्चाका लागि, वृद्धाहरुका लागि पनि काम गर्ने प्रियंकाले बताइन् ।

कमाइको १० प्रतिशत फाउन्डेशनमा
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी अहिले विभिन्न तरिकाले काम गरिरहेका छन् । चलचित्र, म्यूजिक भिडियो, स्टेज कार्यक्रम, विज्ञापनमा उनीहरु व्यस्त छन् । यो जोडीले यो फाउन्डेशनमा आफ्नो कमाइको १० प्रतिशत राख्ने बताएको छ । साथै, विभिन्न एनजीओहरुसँग सहकार्य गर्ने पनि बताइएको छ । विभिन्न मन्त्रालयसँग कुरा गरेर पनि अगाडि बढ्ने तयारी आयांकाको छ ।

हामी छुट्न चाहन्नौः प्रियंका
नायिका कार्कीलाई पत्रकारले प्रश्न गरे, तपाइहरुविचमा असमझदारी भयो भने यो फाउन्डेशन के हुन्छ ? प्रियंकाले भनिन्–‘हामी अलग हुँदैनौ । यो जसले पनि भन्छ होला । म आफै पनि आफ्नै खुट्टामा निर्भर यूवती हुँ । मैले जुन साथी पाएकी छु, उसले मेरो कामलाई बढी सम्मान गर्छ । हामी दुबै जना एक अर्काविना बाच्न सक्छौ । तर, हामी बाच्न चाहन्नौ ।’

यस्तै, नायक आयुष्मान देशराज जोशीले भने–‘हामी एक अर्कालाई सम्मान गर्छौ । हामी एक अर्काको जुन खालको बाटो छ, त्यसलाई नरोकौ भनेर हामी स्पष्ट छौ । यो फाउन्डेशन निस्वार्थ खालको छ, यसलाई स्वार्थका लागि बनाइएको होइन ।’

 

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...