खुसीको खबर : हुने भयो मिर्गाैला रोगको निःशुल्क उपचार ! सक्दो सेयर गर्नुहोस



हाम्रो इकोनोमि

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ ।

डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो ।

हाल मन्त्रालयले मिर्गाैला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु चार हजार, प्रत्यारोपणका लागि रु चार लाख, प्रत्यारोपण पश्चात औषधि सेवानका लागि रु एक लाख प्रदान गर्ने गर्दछ ।

सातवटै प्रदेशमा गरी हाल चार हजार ५०० बिरामीले मिर्गाैला उपचार सेवा लिइराखेको मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सो जानकारी दिँदै मिर्गाैला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको बताउनुभयो । उहाँले मिर्गाैला रोगका बारेमा जनचेतना जगाउन मन्त्रालयले ध्यान दिएको छ भन्नुभयो ।

बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गाैला रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने बारेमा समुदायलाई सूचना तथा जानकारी हुने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य उमेश श्रेष्ठले मिर्गाैलाका रोगी बढ्ने तर रोग रोकथामका लागि बजेट घट्ने प्रवृत्तिलाई अन्त्य गर्न सुझाव दिनुभयो ।

समितिका सदस्य दिलबहादुर महतले सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपणको व्यवस्था मिलाउन ध्यान दिन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...