वरिष्ठ कलाकार गणेश मुनालको निधन



हाम्रो इकोनोमि

 

वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । केही समयदेखि वीरअस्पतालमा उपचारत मुनालको सोमबार बिहान निधन भएको हो । सशक्त अभिनय र वजनदार आवाजका कारण ख्याति कमाएका मुनालको निधनको कारण भने अहिले खुलाइएको छैन ।

लामो समयदेखि अस्वस्थ मुनालको निधन भएको अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पुष्टी गरेकी छन् । काठमाडौं महाङ्कालका निवासी मुनालले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन् ।  अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ । केही बेरमा नै अन्तिम संस्कार गरिने दिपाश्रीले जानकारी दिइन् ।

‘लभ लभ लभ’, ’एक पल’, ’शिरीषको फूल’, ‘दिदी भाई’, सेतो बाघ’ लगायत  थुप्रै नेपाली चलचित्र, साना पर्र्दाका चलचित्र र केही विज्ञापन चलचित्रमा समेत अभिनय गरेका मुनाल अभिनित फिल्म ‘गोपी’ १८ माघ प्रदर्शनमा आउँदैछ ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । उनको शवलाई अन्तिम श्रदाञ्जली दिन पशुपति आर्यघाटमा चलचित्रकर्मी पुग्ने क्रम जारी छ । स्वर्गीय मुनालका एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...