मलेसिया कामदार जाने प्रक्रिया सुरु



हाम्रो इकोनोमि

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीमा जानेलाई श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । २०७५ कात्तिक १२ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि १० हजार भिसा लागिसकेका कामदारलाई पठाउने सहमति भएको थियो । तर आफैंले कारबाही गरेका भेण्डरहरु परिवर्तन नगरेसम्म कामदार मलेसिया नपठाउने अडानमा रहेका श्रम मन्त्री गोकर्ण बिष्टले अन्ततः श्रम स्वीकृति दिन बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयलाई सहमति दिएका छन् ।

 

२० जनालाई बैदेशिक रोजगार काठमाडौं कार्यालयले श्रम स्वीकृति दिएको छ । मन्त्रालयसँग सहमतिअनुसार मलेसियन दूताबासबाट सोझै भिसा प्राप्त गरिसकेका १० जना र मलेसियाबाट सोझै भिसा प्राप्तीको प्रक्रियामा रहेका १० जना गरी २० जनाको श्रम स्वीकृति दिनका लागि बैदेशिक रोजगार विभागले काठमाडौं कार्यालयलाई २०७५ माघ २ मा पत्र लेखेको थियो । त्यसैअनुसार काठमाडौं कार्यालयले श्रम स्वीकृति दिइसकेको छ । र,उनीहरु संभवतः मलेसिया पुगिसकेका छन् । बिक्की विके, राजाराम चौधरी थारु, नवराज श्रेष्ठ सहितका २० जनाले भिसा प्राप्त गरिसकेका छन् ।

भीएलएन नेपालबाट भिसा प्रक्रिया पूरा गरेका बिक्की विकेको बिल र पासपोर्ट ।

 

बैदेशिक रोजगार विभागले मलेसियन दूताबासबाट भिसा प्राप्त गरेको भने पनि भीएलनले भिसा प्रक्रिया गरेको प्रमाण नयाँपेजले फेलापारेको छ ।

बैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट श्रम स्वीकृति दिइएका कामदारको नामावली

 

मन्त्री बिष्टले भेण्डर परिवर्तन नगरी भिसा लागिसकेका कामदारलाई पनि मलेसिया उडाउन श्रम स्वीकृति नदिएको अवस्थामा अहिले ब्यक्तिगत श्रम स्वीकृति दिएका छन् । जुन ब्यक्तिगत श्रम स्वीकृति लिएकाले पनि भिसा प्रक्रिया भीएलनबाटै गरेका छन् । सन् २०१९ जनवरी ११ मा भीएलएनले विक्की बिकेको भिसा प्रक्रियाबापत शुल्क लिएको रसिद नयाँपेजले फेलापारेको छ ।
अहिले श्रम स्वीकृित पाएका २० कामदारहरुलाई एक महिनाअघि अध्यागमन कार्यालय एयरपोर्टबाट श्रम स्वीकृति नभएकाले फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...