‘मसुर गुलाटी’ कपिल शर्मा शोमा फर्किदै



हाम्रो इकोनोमि

 

लोकप्रियताको उत्कर्षमा रहेको भारतिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ अचानक बन्द भयो ।

बन्द हुनुमा यसका मूख्य संचालक कपिल शर्मा र को-स्टार सुनिल ग्रोवरबीचको कलह कारण थियो ।

कुनै कार्यक्रममा सहभागी भएर भारत र्फकदै गर्दा हवाइजहाजमै उनीहरुबीच विवाद भयो ।

त्यो विवाद यति चर्कियो कि, त्यसले कपिल शर्माको करियरलाई सतहमा पुर्‍याइदियो ।

त्यहाँबाट उठ्न कपिलले अनेक यत्न गरे, तर सबै प्रयास विफल भयो । यसबीचमा उनका सहकर्मीहरु लाखापाखा लागे, उनको चलचित्र डुब्यो, उनी डिप्रेसनग्रस्त भए ।

यसको साइड इफेक्ट सुनिल उर्फ मसुर गुलाटीलाई नपर्ने कुरै भएन ।

उनी पनि चम्किलो स्क्रिनबाट  क्रमस धुमिल हुँदै गए ।

हिले भने कपिल शर्मा तंग्रिएका छन् ।

उनी फेरी आफ्नो लोकप्रिय कमेडी शो लिएर टेलिभिजनमा फर्किएका छन् । र, यो कमेडी शोले अपेक्षाकृत उडान भरिरहेको छ ।

 

यसैबीच अर्को सुखद खबर फैलिएको छ । कपिल शर्माको ‘दूर्व्यवहार’बाट रुष्ट भएर लाखापाखा लागेका सुनिल ग्रोवर  द कपिल शर्मा शोमा र्फकदैछन् ।

‘कपिल शर्मा शो’ पहिलो सिजनमा निकै रुचाइएका पात्र थिए, डक्टर मसुर गुलाटी अर्थात् सुनिल ग्रोवर । तर, दोस्रो सिजनका केही भाग चलिसक्दा पनि उनलाई दर्शकले उक्त शोमा देख्न पाएका छैनन् । अब भने सुनिल ग्रोवर पुनः  कपिल शर्मा शोमा फर्किने तयारीमा छन् ।

सुनिल ग्रोवर कपिलसँग छुटेर टेलिभिजन शो ‘कानपुर वाले खुरनाज’ सुरु गरेका थिए । तर, दर्शकले उक्त शो रुचाएनन् । त्यसैले उक्त शो बन्द भयो । अहिले सुनिल पनि फुर्सदमा छन् । सुनिल कपिलको शोमा बलिउड स्टार सलमान खानको आग्रहमा फर्किन लागेका हुन् । कपिल शर्माको दोस्रो सिजनलाई सलमान खानले नै निर्माण गरेका हुन् ।

भारतिय मिडियाका अनुसार सुनिलले छिट्टै ‘कपिल शर्मा शो’मा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...