को हुन् टाउकोको मूल्य १ लाख तोकिएका नेपाली लामा ? भारतमा पक्राउ परेको खुलासा



हाम्रो इकोनोमि

 

नेपाली महिलालाई खाडी राष्ट्रमा लगेर बेच्ने कार्यमा संलग्न भएको आरोप लागेका लोप्साङ लामालाई भारतीय प्रहरीले शनिबार पक्राउ गरेको छ । लामाको टाउकोको मूल्य १ लाख रुपियाँ तोकिएकोसमेत भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । उनी वाजिराबाद भन्ने स्थानमा बस्दै आएको समाचारमा जनाइएको छ ।

 

लामा नेपालको ओखलढुंगाबाट त्यहाँ गएको भारतीय प्रहरीले जनाएको छ  । उनी लामो समयदेखि नेपाली महिलाको बेचबिखनमा संलग्न रहेको जनाइएको छ । गएको जुलाई २५ तारेखमा दिल्ली महिला आयोगको एक प्रतिनिधि मण्डलले १६ जना नेपाली महिलालाई मुनिर्का भिलेजबाट उद्धार गरेको थियो । सोही सम्बन्धी एउटा केस वसन्त विहार प्रहरी स्टेसनमा दर्ता गरिएको थियो ।

 

प्रहरी विशेष सेलका डिपुटी कमिसनर सन्जीवकुमार यादवले जनाए अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा लामा र उनका सहयोगीहरुको भाडाको घरमा २०/२२ दिन महिलाहरुलाई राखिने गरेको थियो । उनीहरुले त्यहीँ राखेर महिलाहरुलाई खाडी मुलुक पठाउने गरेका थिए । ती महिलालाई राम्रो काम लगाइदिने आश्वासन पनि दिने गरिएको बताइएको छ । लामाले उनीहरुको पासपोर्ट र अन्य कागजात शुरुमै लिने गरेकाले उनीहरु त्यहाँबाट बाहिर जान पाउँदैन थिए ।

 

पछि उद्धार गरिएका महिलाहरुले लामाले २ जना महिलालाई इराक र ५ जनालाई कुवेतमा लगेको जनाएका थिए । शनिबार प्रहरीले लामा र उनका सहयोगीलाई भेट्नका लागि काश्मिरी गेट नजिकै पुगेको बेला पक्राउ गरेको हो । लामाले प्रहरीसँग आफ्नो अपराध कबूल गरेको बताइएको छ । अनुसन्धानका क्रममा लामाले आफ्ना साला (श्रीमतीका भाइ) पनि उक्त कार्यमा संलग्न रहेको बताएका छन् । अन्य सहयोगीहरु भने तितरबितर भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।

 

बेच्नका लागि लगिएका नेपाली महिलालाई यौन शोषण समेत गरिएको जनाइएको छ । भारतीय प्रहरीलाई उद्धृत गर्दै लामाको बारेमा भारतीय सञ्चार माध्यममा  विवरण सार्वजनिक भएपनि स्वतन्त्र रुपमा भने लामाको गतिविधिका बारेमा नेपालका कुनैपनि निकायले केही पनि बोलेका छैनन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...