चिकित्सा शिक्षा विधेयक संसदमा पेस हुँदैः भिडण्तको तयारीमा कांग्रेस



हाम्रो इकोनोमि

 

बहु चर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा पेस हुँदैछ। शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गर्ने कार्यसूची संसद् सचिवालयले बनाएको हो।विधेयकमा सरकारले आफूसँग गरेको सहमती नसमेटिएको भन्दै प्रध्यापक डाक्टर गोविन्द केसी १३ दिनदेखि आमरण अनसनमा छन्।

 

विधेयक जस्ताको तस्तै पारित गर्ने रणनीति सत्तापक्षको छ। प्रमुख प्रतिपक्षी कांग्रेस भने विधेयक जस्ताको जस्तै पारित गर्न खोजिए संसद् बैठक अवरोध गर्ने तयारीमा छ। विधेयक विरुद्ध डा.केसी अनसन बसेपनि विधेयकलाई अघि वढाउने तयारी सत्तापक्षले गरेको हो। बैठकमा विधेयकमाथि सामान्य छलफल गर्ने र आजै विधेयक पारित गर्ने सत्तापक्षको तयारी छ।

 

‘संसदीय उपसमितिको सुझावसहितको प्रतिवेदन र विधेयक पारित गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ’ संसदीय समितिका सदस्यसमेत रहेका नेकपा नेता योगेश भट्टराईले भने, ‘विधेयक जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ, त्यहीअनुसार हामी अघि बढ्छौं।’ कांग्रेस भने विधेयकलाई जसरी पनि रोक्ने रणनीति बनाएको छ। गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै कांगे्रसले आजको संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

 

सरकार र केसीबीच भएको सहमति हुबहु कार्यान्वयन नभए संसद अबरुद्ध गर्ने चेतावनी कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले दिएका छन्। कांग्रेसले आफ्ना सबै सांसदलाई आजको बैठकमा अनिवार्य उपस्थितिको लागि ह्विप जारी गरेको छ।१५औं अनशनमा सरकार र डा.केसीबीच भएको सम्झौता हुबहु लागू गर्नुपर्ने केसीको मागमा कांग्रेसले समर्थन जनाएको छ। सत्तापक्ष नेकपाले भने कुनै व्यक्तिका सबै माग हुबहु पूरा हुने र त्यसलाई सार्वभौम संसद्ले जस्ताको तस्तै मान्नुपर्ने खालको तर्कमा सहमत हुन नसकिने बताउँदै आएको छ।

 

संसदीय समितिमा कांग्रेसका सांसदले सहमति हुबहु समेटिनुपर्ने अडान लिए पनि सत्तापक्षका सांसदले बहुमतबाट प्रतिवेदन पास गरेका थिए । उपसमितिले पारित गरेको प्रतिवेदनलाई समितिले पनि २५ पुसमा अनुमोदन गर्दै प्रतिनिधिसभामा पेस गरिसकेको छ।उक्त विधेयक सोमबारको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने गरी सम्भावित कार्यसूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...