आईए पास इन्स्पेक्टरलाई डीएसपी बढुवा गर्न यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीमा बढुवाको मौसम सुरु भएको छ । सर्वोच्च अदालतले पूर्वएसएसपी यादवराज खनालले हालेको मुद्दामा पद खाली भएको ३ महिनाभित्र बढुवा गर्न दिएको निर्देशनअनुसार सरकारले प्रहरी नियमावली २०७१ मा संशोधन गरी अधिकृत तहमा बढुवा हुन ४ बर्ष पुगेको हुनुपर्ने प्रावाधान संशोधन गरी तीन बर्ष कायम गरिसकेको छ ।

 

नियमावली संशोधनपछि प्रहरीमा बढुवाको बाटो खुलेको छ । नेपाल प्रहरीमा डीआइजी १, एसएसपी १५ र एसपी ३१ वटा पद रिक्त छन् । नियमावली संशोधनपछि अब प्रहरीमा इन्स्पेक्टरदेखि डीआइजीसम्मको बढुवा प्रक्रिया अगाडि बढ्ने भएको छ ।

 

डीएसपीका लागि आईए पासको लर्को
नेपाली सेना र सशस्त्र प्रहरी बलमा स्नातक पास मात्र अधिकृत बढुवा हुन पाउँछ । सशस्त्रमा प्रवीणता प्रमाणपत्र तह(आईए) पास हुनेहरु अधिकृत बढुवा हुन नपाउने प्रावधानका कारण केही महिनाअघि संजय राणा डीआइजी बढुवा नभई एसएसपीबाटै बिदा भए । तर नेपाल प्रहरीमा एकाध ब्यक्तिलाई बढुवा गर्नका लागि संगठनको नीति नै भताभुंग पार्न लागिएको छ । इन्स्पेक्टर हुन नेपाल प्रहरीमा पनि स्नातक पास हुनुपर्छ ।

 

सईबाट इन्स्पेक्टर बढुवा हुन पनि स्नातक योग्यता हुनुपर्ने नीति छ । यद्यपि नियमावलीमा उल्लेख गरिएको छैन । तर त्यो नीति विपरीत आइए पासलाई पनि इन्स्पेक्टरबाट डीएसपी बढुवा गर्ने तयारी भइरहेको छ । यसरी एकाध ब्यक्तिको फाइदाका लागि प्रहरी संगठनमा गलत नजीर कायम गराउन खोजिएको छ ।

 

आइए पास मात्र भएका इन्स्पेक्टरहरु डीएसपी बढुवाका लागि शक्तिकेन्द्र धाइरहेका छन् । सेना र सशस्त्रमा सिनियर अधिकृत बढुवा हुनका लागि स्नातक नियम नै बनाइएको छ । प्रहरीमा नियम नबनाइए पनि स्नातक पासलाई मात्र सिनियर अधिकृत बढुवा गर्ने परम्परा छ । तर अहिले रिक्त ६५ डीएसपी पदको बढुवामा आईए मात्र पास इन्स्पेक्टरहरु बढुवाको दौडमा नेताका घर घरमा धाउन थालेका छन् ।

 

२०६४ पुस ३० प्रहरी नायब निरीक्षक(सई)बाट इन्स्पेक्टर बढुवा भएका आईए मात्र योग्यता भएका करिब २८ जना डीएसपी बढुवाको दौडमा लागेका छन् । असई भर्ना हुँदाको ८८ टोलीका आईए पास इन्स्पेक्टरहरु डीएसपी बढुवाका लागि घर घर धाउन थालेका छन् । जसका कारण स्नातक पास गरेका फ्रेस इन्स्पेक्टरहरु बढुवाबाटै बन्चित हुने भएका छन् । यसरी नीति विपरीत बढुवा गर्दा स्नातक पास गरी प्रतिस्पर्धाबाट आएका अधिकृतहरुको मनोबल गिराउने प्रहरी स्रोत बताउँछ ।

 

आईए पासमात्र भएका इन्स्पेक्टरहरु प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव बिष्णु पौडेलदेखि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासम्मको पावर लगाउँदै बढुवाको लिगलिगे दौडमा छन् । यीमध्ये कतिपयले त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाम समेत बदनाम गर्दै बढुवा हुन खोजिरहेको स्रोतले बताएको छ ।

 

उपप्रधानमन्त्री इश्वर पोखरेलको नाम समेत कतिपयले लिने गरेका छन् । स्नातक पास गरेका तर कारबाहीमा परेका इन्स्पेक्टरहरु पनि बढुवाको दौडमा छन् । कारबाहीमा परेकाहरु पनि जनजातिकाले जनजाति मूलकै संचारकर्मीदेखि नेता र अरु जातका पनि नेतादेखि गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईको नाम लिंदै बढुवाको लबिङमा लागेका छन् ।

 

नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपका कारण आइए पास भएकाहरुलाई इन्स्पेक्टर र डीएसपी बनाउने खेल विगतमा कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा पनि भएको थियो । सिटौला गृहमन्त्री हुँदा उनका नातेदार सई रुद्र चुडाल(हाल अवकाश) लाई आइए मात्र पास भए पनि इन्स्पेक्टर बढुवा गर्न तत्कालीन आइजीपी ओमविक्रम राणालाई चर्को दबाब दिइएको थियो ।

 

राणाले संगठनको प्रचलन विपरीत चुडाललाई बढुवा गर्दा चन्द्रसिंह लामा, महेन्द्र थापा, शिव बस्नेत लगायतका आइए पास सईहरु पनि इन्स्पेक्टर बढुवा भए, आजको साँघु साप्ताहिकमा समाचार छ । एक ब्यक्तिका लागि नीति विपरीत बढुवा गर्न खोज्दा प्रहरी संगठनभित्र नैराश्यता समेत प्रकट गर्नसक्ने कुरामा गृहमन्त्रालयले ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...