मेलम्ची ठेक्का प्रकरण, मन्त्री मगरले ५ करोड मागेपछि फर्किएन सीएमसी, सम्झौता रद्द



हाम्रो इकोनोमि

 

मेलम्चीको ठेकेदार कम्पनि सीएमसीसँग मन्त्री बिना मगरले ५ करोड मागेपछि सीएमसी नफर्किने भएको छ । मन्त्री बिना मगरले सिचव मार्फत अन्तिम किस्ता बुझाउँदा ५ करोड मागगरेपछि सीएमसी भागेको थियो । पटक पटक फर्किन सरकारले आग्रह गरेपनि नर्फकने जानाकारी सीएमसीले दिएपछि सम्झौता रद्द भएको हो । अब नयाँ कम्पनि खडा गरेर काम सकिन २ बर्ष लाग्ने भएको छ । काठमाण्डौबमसीले मेलम्चीको पानी खान अझै २ बर्ष कुर्नुपर्ने भएको छ ।

 

सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गरेको छ । ‘ठेकेदार पक्षलाई सम्झौता रद्द गरेको पत्र आजै पठाउने तयारी भइरहेको छ । सिएमसी दी रेभेन्नाले जवाफ पनि पठाएन र ठेकेदार फर्कने भनेर दिएको समयमा आउँदा पनि आएन अब ठेक्का रद्द गर्नुको विकल्प हामीसँग भएन ।

 

त्यसकारण हामी त्यो प्रकृयामा गैसकेका छौँ’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने,‘अव कुर्न सकिन्न, आयोजना रोकेर राख्न पनि सकिन्न ।’

 

आयोजनाले शुक्रबारसम्म ठेकेदार कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्केको भन्दै ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनीसहितको इमेल शुक्रबार बेलुका कम्पनीलाई पठाएको थियो । आयोजनाले सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गर्ने मनसायले पटकपटक आग्रह गर्दा पनि उसले वेवास्ता गरेको जनाएको छ ।

 

आयोजनाका कार्यकारी निर्देशक कँडेलले आयोजनाको म्याद आगामी फेव्रुअरी १० सम्म मात्रै भएकाले अब सरकारले उसको धरौटी जफत र सरकार आफैंले आयोजनाको काम गर्नुपर्ने बताए ।  ‘अहिलेसम्म ९७ प्रतिशत काम सकिएको छ । अव रिटेन्डर गर्दा पनि समय लाग्न सक्छ त्यसकारण सरकार आफैंले जिम्मा लिएर बनाउनुको विकल्प छैन’ कार्यकारी निर्देशक कँडेलले भने ।

 

ठेकेदार कम्पनी सिएमसीले आयोजनाको बाँकी काम सम्पन्न गर्न र कम्पनीले पाउन बाँकी सबै बक्यौता रकम बाँकी काम सम्पन्न गर्नुअघि नै पाउनुपर्ने, जफत गरिएको धरौटी रकम फिर्ता हुनुपर्ने र काम सुरु गर्नुअघि सिंगापुर वा लन्डनमा वार्ता गर्नुपर्ने, कम्पनीका प्रतिनिधिको पासपोट जफत नगर्ने प्रतिबद्धता आउनुपर्नेलगायतका सर्त अघि सारेको थियो ।

 

तर, आयोजनाले युद्धको अवस्था नभएको र शान्ति–सम्झौता गर्नुपर्ने पनि होइन भन्दै काठमाडौंमै वार्ता गर्न सकिन्छ भनेर पत्र लेखेको थियो । आयोजनाका अनुसार ठेकेदार कम्पनीले काम गरेको भए धरौटी लगायतक काम गरेबापतको लगभग साढे अर्ब रकम लैजाने भएपनि काम नगरेकाले त्यो रकम नेपाल सरकारको खातामा जाने छ ।

 

सेक्युरिटी बापतको २ अर्व १६ करोड, ३८ करोड धरौटी ५५ करोड काम गरेको र दावी रकम पनि ठेकेदार कम्पनीले नपाउने भएको छ । ठेक्का सम्झौता तोडिएसँगै अब खानेपानी मन्त्रालयले मेलम्चीको बाँकी काम सरकार आफैले गर्ने भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ । ‘सम्भवत आज बस्ने बैठकमा यो प्रस्ताव जान्छ’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने, ‘अब धेरै चिन्ता गर्नुपर्दैन सरकार आफैले आयोजनाको काम अघि बढाउछ ।

 

ठेकेदार कम्पनीका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको २७ जनाको टोली अङ्ग्रेजी नयाँ वर्ष मनाउन भन्दै नेपाल छाडेर गएका थिए । यसअघि ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनास्थल छाडेर काठमाडौं आएपछि उनीहरुलाई नियन्त्रणमा लिएर उनीहरूको राहदानी जफत गरेको थियो ।

 

त्यसपछि नेपालका लागि इटालियन राजदूतको पहलमा काममा फर्कने सर्तमा सरकारले कम्पनीका प्रतिनिधिलाई नेपाल छाड्ने अनुमति दिएको थियो ।  अहिलेसम्म ठेकेदार कम्पनीले नेपाली सप्लायर्स र कामदारलाई एक अर्ब ५८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...