बिरामीलाई डाक्टरले स्लाइनको सट्टा १५ क्यान बियर चढाएपछि…



हाम्रो इकोनोमि

 

यदि कुनै व्यक्ति बिरामी भएर अस्पताल पुग्दा स्लाइन दिनुपर्ने बिरामीलाई डाक्टरले मदिरा चढाए भने मानिसहरुले के भन्लान् ? यद्यपि एक डाक्टरले भने बिरामीलाई मदिरा खुवाएर नै उपचार गरेका छन् ।

 

मदिरा खुवाउनुको उद्देश्य भने बिरामीलाई बचाउनु नै थियो । भियतनामका एक व्यक्ति अल्कोहल पोइजिनिङको कारण अस्पताल पुगेका थिए । ४८ वर्षीय यी व्यक्तिको अवस्था देखेर डाक्टरले तत्कालै १५ क्यान वियर चढाएका थिए । गुयेन वैन नाम गरेका यी व्यक्तिको रगतमा मिथानोलको मात्रा सामान्यभन्दा १११९ प्रतिशतभन्दा बढी थियो ।

 

दाबी गरिएअनुसार उनलाई बचाउनु असम्भव थियो । डक्टरका अनुसार कुनै व्यक्तिले मदिरा पिउँछ भने सेवन रोकिएपछि पनि रक्तकोशिकासम्म मदिरा पुगिरहेको हुन्छ । अचेत अवस्थामा पनि शरीरमा यसको मात्रा बढ्दो क्रममा हुन्छ ।

 

अल्कोहल दुई रुपमा आउँछ –इथानोल र मिथानोल । मानिसको कलेजोले पहिला इथानोललाई टुक्र्याउँछ । जसको कारण डक्टरले पेटमा वियर भर्ने निर्णय गरेका थिए । मिर्गौलाले करिब एक घण्टा जस्तो का मगर्न बन्द गरेको थियो ।

 

डक्टरले १५ क्यान वियर पम्प गरेपछि भने कलेजोले समान्यरुपमा काम गर्न सुरु गरेको थियो । बिरामीको कलेजो सफा गर्नको लागि वियरको प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...