बिरामीलाई डाक्टरले स्लाइनको सट्टा १५ क्यान बियर चढाएपछि…



हाम्रो इकोनोमि

 

यदि कुनै व्यक्ति बिरामी भएर अस्पताल पुग्दा स्लाइन दिनुपर्ने बिरामीलाई डाक्टरले मदिरा चढाए भने मानिसहरुले के भन्लान् ? यद्यपि एक डाक्टरले भने बिरामीलाई मदिरा खुवाएर नै उपचार गरेका छन् ।

 

मदिरा खुवाउनुको उद्देश्य भने बिरामीलाई बचाउनु नै थियो । भियतनामका एक व्यक्ति अल्कोहल पोइजिनिङको कारण अस्पताल पुगेका थिए । ४८ वर्षीय यी व्यक्तिको अवस्था देखेर डाक्टरले तत्कालै १५ क्यान वियर चढाएका थिए । गुयेन वैन नाम गरेका यी व्यक्तिको रगतमा मिथानोलको मात्रा सामान्यभन्दा १११९ प्रतिशतभन्दा बढी थियो ।

 

दाबी गरिएअनुसार उनलाई बचाउनु असम्भव थियो । डक्टरका अनुसार कुनै व्यक्तिले मदिरा पिउँछ भने सेवन रोकिएपछि पनि रक्तकोशिकासम्म मदिरा पुगिरहेको हुन्छ । अचेत अवस्थामा पनि शरीरमा यसको मात्रा बढ्दो क्रममा हुन्छ ।

 

अल्कोहल दुई रुपमा आउँछ –इथानोल र मिथानोल । मानिसको कलेजोले पहिला इथानोललाई टुक्र्याउँछ । जसको कारण डक्टरले पेटमा वियर भर्ने निर्णय गरेका थिए । मिर्गौलाले करिब एक घण्टा जस्तो का मगर्न बन्द गरेको थियो ।

 

डक्टरले १५ क्यान वियर पम्प गरेपछि भने कलेजोले समान्यरुपमा काम गर्न सुरु गरेको थियो । बिरामीको कलेजो सफा गर्नको लागि वियरको प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...