बाध्यताले ट्रक ड्राइभर बनेकी सुन्दरीः जति सुन्दर छिन् उनी, उत्तिकै दर्दनाक छ जीवनकथा



हाम्रो इकोनोमि

 

जापानकी एक महिला ट्रक ड्राइभर अहिले विश्वभर चर्चित भएकी छिन् । मासिहरु उनलाई संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभर पनि भन्छन् ।

यी युवतीले आफ्ना पिता बिराी भएपछि पिताले चलाउने गरेको ट्रक चलाउन सुरु गरेकी थिइन् ।

अहिले उनी आफ्नो घरमा भन्दा बढी समय आफ्नो २ पाङग्रावाला ट्रकमा बिताउँछिन् ।

उनको मान्यता छ – भविष्यमा यो काम पुरुषको लागि मात्र रहने छैन । यी सुन्दरी ट्रक ड्राइभर जापानकी २१ वर्षीया रिनो सासाकी हुन् ।

 

रिनो यहाँ १२ पाङग्रापाला ट्रक चलाउँछिन् र एक वर्षमा करिब सवा ३ लाख किलोमिटर दूरी यात्रा गर्छिन् । उनी आफ्नो घरमा भन्दा बढी समय ट्रकमा बिताउँछिन् । केही समय अगाडिसम्म रिनो जापानको परम्परागत डान्स किमोनो सिकाउने काम गर्थिन् । उनी आफ्नो कामबाट पूरै सन्तुष्ट थिइन् । त्यतिबेला उनका पिता ट्रक चलाउँथे । तर, एक्कासी उनका पिता बिरामी भए । पिता थला परेर ओच्यानमै सीमित भएपछि भने घरको काम सम्हाल्नको लागि रिनोले डान्स सिकाउने काम छोड्नुपर्यो ।

पिताले ट्रक चलाउन नसक्ने भएपछि अन्ततः आम्दानीको स्रोत जुटाउन रिनोले पिताले चलाउँदै आएको ट्रक चलाउने निर्णय गरिन् । उनकी आमा र उनका साथहिरुले भने रिनोको ड्राइभर बन्ने निर्णयको निकै विरोध गरेका थिए । तर, रिनोले आफ्नो फैसला बदलिनन् । अहिले उनी आफ्ना पिताले चलाउँदै आएको भोल्भो कम्पनीको १२ पाङग्रावाला ट्रक चलाउँछिन् । रिोले ट्रकमा फलफूल र तरकारी ढुवानी गर्छिन् ।

रिनोका निकै ग्ल्यामरस फोटोका कारण मानिसहरु उनलाई संसारकै सुन्दर ट्रक ड्राइभर भन्छन् । आफ्नो तारिफ गरिएकोबारे रिनो भन्छिन् ‘यसबाट मैले धेरै खुसी पाउँछु । तर, मानिसहरुलाई थाहा छैन कि म निकै कठोर पनि छु ।’ रिनोका अनुसार अहिलेसम्म पुरुषहरुको लागि मात्र भन्ने सोचाइ भएको काम गर्न थाल्दा उनलाई निकै रमाइलो लागिरहेको छ । उनका पितालाई पनि उनीमाथि गर्व भएको उनी बताउँछिन् । ट्रकमा आउने सानातिना प्राविधिक समस्या रिनो आफैं ठिक गर्छिन् ।

रिनोलाई लाग्छ उनको यो कामले जापानमा अरु महिलाहरुलाई पनि ढुवानी उद्योगमा काम थाल्न प्रेरित गर्नेछ । आफ्नो अगाडिको योजनाको बारेमा बताउँदै रिनोले भनिन् कि उनी भविष्यमा महिला ट्रक ड्राइभरको लागि एक कपडाको ब्राण्ड लञ्च गर्न चाहन्छिन् । उनीजस्ता उचाइ कम भएका युवतीको लागि ड्राइभिङको क्रममा लगाउने कपडा सजिलै नपाइने भएकोले उनले नयाँ ब्राण्ड ल्याउन लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...