साउदी युवती देश छोडेर किन भाग्दैछन् ?
यो एउटा साउदी युवतीको कथा हो। नाटकीय कथाजस्तै लाग्ने सलवाको यो कथाले साउदीमा महिलामाथि हुने प्रतिबन्धलाई उजागर गर्दछ। १९ वर्षको हुँदा उनले देश छोडेकी थिइन्। त्यति बेला सलमा विश्वविद्यालयको विद्यार्थी थिइन्। बहिनीसहित भागेर जर्मनी पुगेकी उनी हाल क्यानडामा बसोबास गर्छिन्। हाल २४ वर्षकी सलमाले देश छोडेर भागेको कथा बीबीसीमार्फत् सार्वजनिक गरेकी छिन्। मोन्ट्रियलमा बसोबास गर्दै आएकी उनको देश छोड्दाको कथा उनकै शब्दमा पढ्नहोस्ः
म करिब ६ वर्षअघिदेखि साउदी अरब छोड्ने तयारी गरिरहेकी थिएँ। यसका लागि मलाई पासपोर्ट र राष्ट्रिय परिचपय पत्रको खाँचो थियो। कानुनअनुसार यी कागजात लिन मलाई अभिभावकको सहमति जरुरी पथ्र्यो। साउदीमा महिलालाई स्वतन्त्र रुपमा कतिपय सरकारी कागजात प्रदान गरिँदैन। त्यसका लागि सम्बन्धित पुरुषको अनुमति अनिवार्य आवश्यक पर्छ।
राम्रो यो थियो कि मसँग राष्ट्रिय परिचयपत्र थियो। विश्व विद्यालयमा पढ्दा ताका मेरो परिवारले मलाई यसका लागि स्वीकृति दिएको थियो। मसँग पासपोर्ट पनि थियो। दुई वर्ष अघि अंग्रेजीको परीक्षा दिनका लागि यो कागजात आवश्यक भएको थियो। तर यी दुवै कागजात मसँग थिएनन्। परिवारले मबाट यी दुवै चिज खोसेका थिए। मलाई ती फर्काउनु थियो।
मैले आफ्नो भाइको घरको चाबी चोरेँ। पसलमा गएर त्यही चाबअनुसार अर्को नक्कली चाँबी बनाएँ। जब घरका मान्छे निदाए तब मैले विस्तारै घरबाट निस्केर यो काम सम्पन्न गरेँ। यो ठूलो जोखिमको कुरा हो। यदि म पक्राउ खाएकी भए मेरो स्थिति निकै खतरापूर्ण हुने थियो। मैले त्यही चाबीले ढोका खोलेँ। आफ्नो र बहिनीको पासपोर्ट निकालेँ। त्यतिबेला मेरा पिता निदाइरहेका थिए। मैले उनको फोन पनि लिएँ।
यसका माध्यमबाट मैले गृह मन्त्रालयको वेबसाइट एक्सेस गरेँ। त्यसपछि त्यहाँ रेकर्ड भएको नम्बर परिवर्तन गरेर आफ्नो नम्बर राखेँ। मैले पिताको अकाउन्टबाट हामी दुवै जनाका लागि देश छोड्ने अनुमति लिएँ।
एक रात जब सबै दिाइरहेका थिए। हामी दुई त्यही बेला भाग्यौं। त्यतिबेला हामी खुब तनाबमा थियौं। हामी गाडी चलाउन जान्ने थिएनौं। ट्याक्सी मगायौं। राम्रो कुरा यो थियो कि साउदीमा अधिकांश ट्याक्सी चालक विदेशी छन्। हामीलाई एक्लै देखेर उनीहरुलाई हैरानी हुने कुरा भएन।
हामी रियादबाट किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका लागि निस्क्यिौं। यदि त्यो बेला हामीले के गरिरहेका छौं भनेर थाहा भएको भए हाम्रो हत्यासम्म हुन सक्थ्यो। जब म कलेजको अन्तिम वर्षमा थिएँ त्यति बेलादेखि म एउटा अस्पतालमा काम गर्दै आइरहेकी थिएँ। त्यसबाट मैले केही पैसा जम्मा गरेकी थिएँ।
त्यो पैसा जर्मनीको एउटा हवाई टिकट र ट्रान्जिट भिषा लिन पर्याप्त थिएन। मसँग बेरोजगारी भत्ताको पनि केही पैसा थियो। मैले बहिनीसहित मेरो लागि जर्मनी जाने हवाई टिकट किनेँ। त्यो पहिलो घटना थियो जब म कुनै हवाई जहाजमा बस्दै थिएँ। त्यो एउटा गजबको अनुभव थियो। म खुशी थिएँ, त्रसित पनि थिएँ। दुवै कुरा एकै साथ भइरहेको थियो।
दुवै छोरीहरुले घर छोडेर भागेको थाहा पाएपछि पिताले प्रहरी बोलाए। त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो। मैले गृह मन्त्रालयको वेबसाइटमा रहेको उनको फोन नम्बर परिवर्तन गरिदिएकी थिएँ। जब प्रहरी अधिकारीले उनलाई फोन गर्थे त्यो फोन कल मेरोमा आउँथ्यो। जब हामी जर्मनीमा अवतरण ग¥यो त्यतिबेला प्रहरीको तर्फबाट एउटा मेसेज पनि आयो त्यो खासमा मेरो पिताका लागि आएको सूचना थियो।
साउदी अरबमा महिलाका लागि कुनै जिन्दगी छैन। मेरो जिन्दगी सिर्फ यति थियो कि घरदेखि विश्वविद्यालय जाने र फर्किने। बस्। यो बाहेक म केही गर्न पाउँदैनथेँ। उनीहरु मलाई गलत कुरा सिकाउँथे। पुरुषहरु महिलाभन्दा सधैँ माथि हुन्छन् भन्थे। मलाई रमजानमा रोजा राख्न बाध्य पारिन्थ्यो।
जर्मनी पुगेपछि मैले कानुनी सहयोगका लागि वकिल समक्ष पुगेँ। एउटा फारम भरेँ र आफ्नो कथा बताएँ। पछि मैले क्यानडामा बस्ने निर्णय लिएँ। किन कि मानव अधिकारका दृष्टिले यो देश राम्रो मानिन्छ। मैले समाचारमा पढेकी थिएँ सिरियाका शरणार्थीहरुलाई क्यानडाले शरण दिइरहेको छ।
मेरो निवेदन क्यानडाले स्वीकार्यो। जब टोरन्टोमा उत्रिए त्यहाँ विमानस्थलमा क्यानडाका झन्डा देखेँ। यो देशमा हुनु मेरा लागि एउटा ठूलो उपलब्धि हो भनेजस्तो लाग्यो। म हिजोआज आफ्नी बहिनीसँग मन्ट्रिअलमा बिना कुनै तनाब बसोबास गरिरहेकी छु। यहाँ मलाई कसैले पनि केही गर्न बाध्य गर्दैनन्। शोषण गर्दैनन्।
अहिले म फ्रेन्च सिक्दैछु, यो भाषा कठिन छ। म पढ्दैछु। क्यानडामा हिउँ छ। मलाई पतझड र हिउँमा खेल्न खुब रोमाञ्चक लाग्छ। बाइक चलाउन, आइस स्केटिङ खेल्न असाध्यै रमाइलो लाग्छ। मलाई लाग्छ जीवनमा म केही गरिरहेकी छु। यहाँ आएदेखि अहिलेसम्म साउदीमा रहेको परिवारसँग मैले कुराकानी गरेकी छैन। मलाई लाग्छ यो हामी दुवैका लागि राम्रो हो। अब मेरो घर यहीँ हो जस्तो लाग्न थालेको छ।
हुनसक्छ साउदी अरबसँग धेरै पैसा होला तर यहाँ हाम्रो जिन्दगी उत्कृष्ट छ। जब म चाहन्छु अपार्टमेन्टबाट निस्किन सक्छु। यसका लागि कसैको अनुमति आवश्यक पर्दैन। मलाई जे मन लाग्छ त्यो पहिरन लगाउन सक्छु। यहाँ हामी पुरुषहरु जतिकै स्वतन्त्र छौं। यसले मलाई निकै खुशी दिन्छ, स्वतन्त्र महसुस गराउँछ।