यी ६ कुरा जसले छालाको क्यान्सरबाट बचाऊछ ! बिकराल बन्दै गएको क्यान्सरबाट अवश्य बचौं



हाम्रो इकोनोमि

 

क्यान्सर एउटा भयानक शब्द हो । जस्को नाम सुनेरै मानिसहरु तर्सने गर्दछन् । क्यान्सर विभिन्न प्रकारको हुन्छ ।

र यो विभिन्न कारणले लाग्ने गर्दछ । आज हामी तपाइँलाई छालामा हुने क्यान्सर बारे जानकारी दिन्छौं ।

हरेक मानिसको शरीरमा आन्तरिक परिवर्तन , आश्यकता र कमीलाई पूरा गर्ने क्षमता हुन्छ ।

तर कहिलेकाहिं आन्तरिक प्रणाली मानिसको लागि घातक सिद्ध हुन्छ । छालाको क्यान्सर सबैभन्दा राम्रो उदाहरण हो ।

हाम्रो शरीरमा कोषिकाको निर्माण गर्ने र त्यसलाई परिवर्तन गर्ने क्षमता हुन्छ । हाम्रो शरीरमा कहिलेकाहिं नवनिर्मित कोषिकाहरुको आवश्यकता हुदैंन । त्यतिबेला पनि हाम्रो शरीरले त्यसको निर्माण गर्दछ ।

जस्को परिणामस्वरुप हामी छालाको क्यान्सर जस्तो घातक रोगको शिकार बन्न पुग्छौं । यसबाहेक धेरै अन्य कारणहरु पनि छन् ।

जस्ले गर्दा छालाको क्यान्सर हुने संभावना रहन्छ ।

अन्य कारणहरु:
१) धेरै समयसम्म घाममा काम गर्ने र समय बिताउनाले पनि छालाको क्यान्सर हुनसक्छ ।

२) तपाइँको सम्पर्क दिनहँु हुने नजिकको साथी वा परिवारको सदस्यहरुमा छालाको क्यान्सर भएमा पनि हुनसक्छ ।

३) सामान्यभन्दा बढि तपाइँको शरीरमा कोठि (तिल) को संख्या देखिएमा पनि छालाको क्यान्सर हुने सम्भावना हुन्छ ।

४) यदि तपाइँलाई घाममा निस्कनाले छालामा जलन महशुस हुन्छ भने पनि छालाको क्यान्सर हुने सम्भावना रहन्छ ।

५) तपाइँको छाला , कपाल र आँखा हलुका रंगको देखिएमा छालाको क्यान्सर हुने सम्भावना रहन्छ ।

उपरोक्त कारण तपाइँमा देखिएमा तुरुन्तै कुनै छालासम्बन्धि विशेषज्ञसँग सम्पर्क गर्नुहोस् । यसको प्रारम्भिक अवस्थामा नै उपचार गरिएमा कम नोक्सान हुने सम्भावना रहन्छ ।

छालामा हुने क्यान्सरको प्रकार:
१) बेसल सेल कार्सिनोमा ( बी.सी.सी ) बेसल सेल कार्सिनोमा छालामा हुने क्यान्सरमध्ये एक मुख्य प्रकार हो । यसको असर सूर्यको किरण सिधै पर्ने शरीरको भागमा हुने गर्दछ । जस्तै ः शरीरको माथिल्लो भाग, अनुहार, कान र टाउको । शरीरको छालाको सबैभन्दा तलको भाग जहांं मुख्य कोषिकाहरु हुने ठाउँमा बेसल सेल कार्सिनोमाले प्रभाव पार्दछ । यो क्यान्सरले शरीरमा विस्तारै आफ्नो असर देखाई अरु भागलाई पनि समेट्दछ ।

लक्षण:
१) धेरै संख्यामा गाठोगुठ्ठी देखिनु ।

२) कुनैप्रकारको घाउ हुनु र निको भएपछि पनि पुनः समस्या हुनु ।

३) गाँठोगुठ्ठी जुन मुख्यः रुपमा गुलाबी र हलुका तरिकाले बाहिर निस्किएको हुनु ।

४) शरीरमा मैन जस्तो दागधब्बाको निर्माण हुनु ।

२) स्क्वैमस सेल कार्सिनोमा: यस क्यान्सरको असर सबैभन्दा बढि प्रजनन अङ्ग वा मुखको भित्री भागमा हुने गर्दछ । शरीरमा यस क्यान्सरको प्रभाव छालाको माथिल्लो तहमा पर्दछ ।

लक्षण: शरीरमा रातो दागधब्बाको निर्माण हुनु ।

३) मेलानोमा: यस क्यान्सरले खासगरी हाम्रो छालालाई रंग दिने छालाको कोषिकालाई प्रभाव पार्दछ । यो क्यान्सरले शरीरको माथिल्लो भागमा छिटै संक्रमण गर्दछ ।
उपचारः १) टन्टलापुर घाममा बाहिर ननिस्कनुस् ।
२) तपाइँको शरीरलाई सूर्यको हानिकारक किरणहरुबाट बचाउनुहोस् । त्यसको लागि आवश्यकताअनुसार कपडा लगाउनुहोस् । जस्ले गर्दा हानिकारक किरणले तपाइँलाई कुनै प्रभाव नगरोस् ।

३) गर्मी मौसममा सूर्यको हानिकारक किरणबाट बच्न सनस्क्रीमको प्रयोग गर्नुहोस् ।

४) तपाइँलाई छालाको क्यान्सर कस्तो हुन्छ भन्ने बारे जान्न जरुरी छ । जस्को कारणले तपाइँ सर्तक रहन सक्नुहुन्छ ।

५)प्रत्येक महिनामा छालासम्बन्धि विकार उत्पन्न भएमा योग्य चिकित्सकलाई देखाउनुहोस् ।

६) छालासम्बन्धि समस्या धेरै भएमा छाला रोग विशेषज्ञलाई देखाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...