यी ६ कुरा जसले छालाको क्यान्सरबाट बचाऊछ ! बिकराल बन्दै गएको क्यान्सरबाट अवश्य बचौं



हाम्रो इकोनोमि

 

क्यान्सर एउटा भयानक शब्द हो । जस्को नाम सुनेरै मानिसहरु तर्सने गर्दछन् । क्यान्सर विभिन्न प्रकारको हुन्छ ।

र यो विभिन्न कारणले लाग्ने गर्दछ । आज हामी तपाइँलाई छालामा हुने क्यान्सर बारे जानकारी दिन्छौं ।

हरेक मानिसको शरीरमा आन्तरिक परिवर्तन , आश्यकता र कमीलाई पूरा गर्ने क्षमता हुन्छ ।

तर कहिलेकाहिं आन्तरिक प्रणाली मानिसको लागि घातक सिद्ध हुन्छ । छालाको क्यान्सर सबैभन्दा राम्रो उदाहरण हो ।

हाम्रो शरीरमा कोषिकाको निर्माण गर्ने र त्यसलाई परिवर्तन गर्ने क्षमता हुन्छ । हाम्रो शरीरमा कहिलेकाहिं नवनिर्मित कोषिकाहरुको आवश्यकता हुदैंन । त्यतिबेला पनि हाम्रो शरीरले त्यसको निर्माण गर्दछ ।

जस्को परिणामस्वरुप हामी छालाको क्यान्सर जस्तो घातक रोगको शिकार बन्न पुग्छौं । यसबाहेक धेरै अन्य कारणहरु पनि छन् ।

जस्ले गर्दा छालाको क्यान्सर हुने संभावना रहन्छ ।

अन्य कारणहरु:
१) धेरै समयसम्म घाममा काम गर्ने र समय बिताउनाले पनि छालाको क्यान्सर हुनसक्छ ।

२) तपाइँको सम्पर्क दिनहँु हुने नजिकको साथी वा परिवारको सदस्यहरुमा छालाको क्यान्सर भएमा पनि हुनसक्छ ।

३) सामान्यभन्दा बढि तपाइँको शरीरमा कोठि (तिल) को संख्या देखिएमा पनि छालाको क्यान्सर हुने सम्भावना हुन्छ ।

४) यदि तपाइँलाई घाममा निस्कनाले छालामा जलन महशुस हुन्छ भने पनि छालाको क्यान्सर हुने सम्भावना रहन्छ ।

५) तपाइँको छाला , कपाल र आँखा हलुका रंगको देखिएमा छालाको क्यान्सर हुने सम्भावना रहन्छ ।

उपरोक्त कारण तपाइँमा देखिएमा तुरुन्तै कुनै छालासम्बन्धि विशेषज्ञसँग सम्पर्क गर्नुहोस् । यसको प्रारम्भिक अवस्थामा नै उपचार गरिएमा कम नोक्सान हुने सम्भावना रहन्छ ।

छालामा हुने क्यान्सरको प्रकार:
१) बेसल सेल कार्सिनोमा ( बी.सी.सी ) बेसल सेल कार्सिनोमा छालामा हुने क्यान्सरमध्ये एक मुख्य प्रकार हो । यसको असर सूर्यको किरण सिधै पर्ने शरीरको भागमा हुने गर्दछ । जस्तै ः शरीरको माथिल्लो भाग, अनुहार, कान र टाउको । शरीरको छालाको सबैभन्दा तलको भाग जहांं मुख्य कोषिकाहरु हुने ठाउँमा बेसल सेल कार्सिनोमाले प्रभाव पार्दछ । यो क्यान्सरले शरीरमा विस्तारै आफ्नो असर देखाई अरु भागलाई पनि समेट्दछ ।

लक्षण:
१) धेरै संख्यामा गाठोगुठ्ठी देखिनु ।

२) कुनैप्रकारको घाउ हुनु र निको भएपछि पनि पुनः समस्या हुनु ।

३) गाँठोगुठ्ठी जुन मुख्यः रुपमा गुलाबी र हलुका तरिकाले बाहिर निस्किएको हुनु ।

४) शरीरमा मैन जस्तो दागधब्बाको निर्माण हुनु ।

२) स्क्वैमस सेल कार्सिनोमा: यस क्यान्सरको असर सबैभन्दा बढि प्रजनन अङ्ग वा मुखको भित्री भागमा हुने गर्दछ । शरीरमा यस क्यान्सरको प्रभाव छालाको माथिल्लो तहमा पर्दछ ।

लक्षण: शरीरमा रातो दागधब्बाको निर्माण हुनु ।

३) मेलानोमा: यस क्यान्सरले खासगरी हाम्रो छालालाई रंग दिने छालाको कोषिकालाई प्रभाव पार्दछ । यो क्यान्सरले शरीरको माथिल्लो भागमा छिटै संक्रमण गर्दछ ।
उपचारः १) टन्टलापुर घाममा बाहिर ननिस्कनुस् ।
२) तपाइँको शरीरलाई सूर्यको हानिकारक किरणहरुबाट बचाउनुहोस् । त्यसको लागि आवश्यकताअनुसार कपडा लगाउनुहोस् । जस्ले गर्दा हानिकारक किरणले तपाइँलाई कुनै प्रभाव नगरोस् ।

३) गर्मी मौसममा सूर्यको हानिकारक किरणबाट बच्न सनस्क्रीमको प्रयोग गर्नुहोस् ।

४) तपाइँलाई छालाको क्यान्सर कस्तो हुन्छ भन्ने बारे जान्न जरुरी छ । जस्को कारणले तपाइँ सर्तक रहन सक्नुहुन्छ ।

५)प्रत्येक महिनामा छालासम्बन्धि विकार उत्पन्न भएमा योग्य चिकित्सकलाई देखाउनुहोस् ।

६) छालासम्बन्धि समस्या धेरै भएमा छाला रोग विशेषज्ञलाई देखाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...