भीरबाट लडेर बाबुको मृत्यु, ब्लड क्यान्सरले आमाको मृत्यु, छोरीहरु भए टुहुरा



हाम्रो इकोनोमि

 

प्युठानको झिमरुक गाउँपालिका–४ बांगेमरोठ सादनठुटाकी सावित्रा खड्का गर्भवती थिइन्। उनका चार छोरी हुर्किसकेका थिए। ०६८ साल फागुन ३१ गते उनले कान्छी छोरी समीक्षा जन्माइन्। तर, श्रीमान् हीराबहादुर खड्काले समीक्षाको अनुहार नै देख्न पाएनन्।

 

बिहान घरनजिकै भीरबाट लडेर उनको मृत्यु भयो। साँझ छोरी जन्मिइन्। पति गुमाउँदाको वियोग र छोरी जन्मिदाको प्रसव पीडा सावित्रालाई एकैदिन पर्‍यो। उनले आफूलाई जसोतसो सम्हाल्दै आइन्। पीडामै उनको दैनिकी गुजँ्रदै बित्यो। तर, ‘निष्ठुरी कर्म’ तीन वर्षअघि उनी आफैं रोगले थला परिन्।

 

चितवन पुगेर चेकजाँच गराउँदा उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो। गरिबको झुपडीमा जन्मिएका खड्का परिवारमा यति जटिल रोगको उपचार गराउन सम्भव नै थिएन। जसोतसो गाउँलेले चन्दा जुटाएर उनलाई खुवाउने नियमित औषधि जोहो गरे। आर्थिक अभावले गर्दा उनले नियमित चेकजाँच गराउन सकिनन्। रोगले च्याप्दै गयो। अन्ततः ४२ वर्षको उमेरमा सावित्राको पुस ९ गते मृत्यु भयो।

 

पाँचौं छोरी जन्मिँदा पनि उनका छोरा भएनन्। जेठी र माइली छोरीको बिहे भइसकेको छ। विवाहित छोरीहरू तीन महिनादेखि परिवारको सम्पर्कमा छैनन्। १५ वर्षीया साइली छोरी गंगा, ११ वर्षीया सलिना र सात वर्षीया समीक्षा बुवाआमाको मृत्युपछि बेसहारा बनेका छन्। उनीहरू क्रमशः दस, पाँच र एक कक्षामा पढ्छन्। सानैमा बुवाआमाको माया पाउनबाट वञ्चित भएका तीन दिदीबहिनी वृद्ध माइला बुवासँग बस्दै आएका छन्। ‘पढाउने/लेखाउने कसरी होला’, माइलाबुवा खिमबहादुरले भने, ‘बुहारीलाई बचाउन जति कोसिस गरे पनि सकिएन।’

 

बुहारीको उपचारमा बादीकोटमा रहेका माइती परिवारले तीन लाख रुपैयाँभन्दा बढी ऋण खोजेर खर्च गरेको उनले सुनाए। गाउँमा गरिबी निवारण कोषबाट लिएको २७ हजार, चामल, नुनतेल किनेको दस हजार रुपैयाँ पसलमा बुझाउन बाँकी रहेको उनले सुनाए। ‘मेरै अवस्था कमजोर छ’, उनी भन्छन्, ‘यी छोरीहरूको भविष्य सोच्दा चिन्ता लाग्छ।’

 

एसईईको तयारीमा जुटेकी गंगा लक्ष्मी मावि बांगेफेदीमा पढ्छिन्। विद्यालयले सञ्चालन गरेको आवासीय कक्षामा बसेर उनले अतिरिक्त कक्षा लिँदै आएकी छन्। अतिरिक्त कक्षा पढ्दा लाग्ने शुल्क विद्यालयले ‘मिनाह’ गरिदिएको छ। ‘गंगा एसईईसम्म जसोतसो पढ्छिन्’, प्रधानाध्यापक कर्णबहादुर जीसीले भने, ‘उच्च शिक्षा पढ्ने कसरी ? ’ कक्षा १० मा पढ्ने सँगैका साथी र शिक्षकहरूले जुटाएको पाँच हजार रुपैयाँ किरिया खर्चबापत उपलब्ध गराएको जीसीले जानकारी गराए।

 

सलिना र समीक्षा गाउँकै भीमसेन आधारभूत विद्यालय बौडामा पढ्छन्। ‘बुवाआमा हुनेलाई त कति समस्या हुन्छ’, छिमेकी चन्द्रबहादुर जीसीले भने, ‘बेसहारा बनेका यी नानीहरूलाई कति पीडा होला ? ’

 

मलेसियामा छुरा हानेर एक नेपालीको हत्या, एकजना घाइते

 

मलेसियाको राजधानी केपोङ्गको एउटा कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

झगडा छुट्याउन गएका ललितपुरका इन्द्र तामाङको ज्यान गएको हो । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो ।

छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते हुनुभएको छ । उहाँलाई राती नै अस्पताल भर्ना गरिएको छ ।

छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...