विश्व आर्थिक मञ्चमा सहभागी हुन आज स्विट्जरल्यान्ड जाँदै प्रधानमन्त्री ओली



 

प्रधानमन्त्री केपी ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन आज स्विट्जरल्यान्डतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । यही जनवरी २२ देखि २५ सम्म स्विट्जरल्यान्डको डाभोसमा हुने बिश्व आर्थिक मञ्चको सभामा प्रधानमन्त्री ओली सहभागी हुन लाग्नुभएको हो ।

 

विश्वभरका सरकार प्रमुख तथा निजी क्षेत्रका प्रमुखहरू सहभागी हुने मञ्चको वार्षिक सभामा सहभागी हुने ओली नेपालका पहिलो प्रधानमन्त्री हुनुहुन्छ । नेपालको प्रगतिसँगै बिश्वमञ्चमा नेपालको छाप परेपछि ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो मञ्चमा सहभागी हुन लाग्नुभएको हो ।

 

विश्वभरका ३ हजार सरकारी तथा निजी क्षेत्रका नेता भेला हुने डाभोसमा प्रधानमन्त्री ओलीले २२ र २३ जनवरीमा हुने दुईवटा सत्रमा प्यानलिस्टका रूपमा सम्बोधन गर्नुहुनेछ । पहिलो सत्र ‘दक्षिण एसियामा रणनीति दृष्टिकोण’ शीर्षकमा हुनेछ भने दोस्रो सत्र ‘प्रजातन्त्रको भविष्यको आकार निर्धारण’ रहेको छ ।

 

त्यस्तै, ‘हामीले अहिले देखेजस्तो विश्व व्यापारको अन्त्य’ शीर्षकको अनौपचारिक सभालाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यत्रम रहेको छ । त्यस सभामा विश्वका आर्थिक क्षेत्रका नेताहरू सहभागी हुनेछन् । आन्तरिक समस्याका कारण देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अन्तिम समयमा भ्रमण रद्द गर्नुभएको छ ।

 

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भियतनामलगायत मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग द्विपक्षीय वार्तासमेत गर्नुहुनेछ । त्यस्तै, विश्वका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू, विश्वविख्यात मिडियासँग अन्तरक्रिया र छफलफलसमेत हुनेछ ।

 

प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली २६ जनवरीमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

को–को आउँदै छन् डाभोसमा

सिन्जो आवे, जापानी प्रधानमन्त्री
एन्जेला मर्केल, जर्मन चान्सलर
जेसिन्डा आर्डर्न, न्युजिल्यान्डकी प्रधानमन्त्री
राजकुमार विलियम, बेलायतका राजकुमार
सर डेभिड एटेनबोरोउघ (सहभागीमध्ये वृद्ध), विश्वप्रसिद्ध ब्रोडकास्टर तथा प्रकृतिविद्
उएली मौरर, स्विट्जरल्यान्डका राष्ट्रपति
जैर बोल्सोनारो, ब्राजिलका राष्ट्रपति
वाङ क्विसान, चीनका उपराष्ट्रपति
पेड्रो सान्चेज, स्पेनका प्रधानमन्त्री
बर्हम सलिह, इराकका राष्ट्रपति
मोहम्मद असरफ घानी, अफगानिस्तानका राष्ट्रपति
बेन्जामिन नेतान्याहु, इजरायलका प्रधानमन्त्री
पाउल कागामी, रुवान्डाका राष्ट्रपति
स्रिल एम रामाफोसा, दक्षिण अफ्रिकाका राष्ट्रपति
गुयन जुआन फुक, भियतनामका प्रधानमन्त्री
एन्टोनियो गुटेरेस, संयुक्त राष्ट्रसंघका महासचिव

 

छलफलका मुख्य विषय

विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा यसपटक विश्वव्यापीकरणको अझ राम्रो संस्करण कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल हुनेछ । कार्यक्रमको मुख्य विषयवस्तु ‘चौथो चरणको विश्वव्यापीकरण स् चौथो औद्योगिक क्रान्तिको युगमा विश्वको आर्किटेक्चर निर्माण’ छ । ‘विश्वव्यापी सहयोग तथा सहकार्यमा अहिले ठूलो दबाब छ, विश्वव्यापीकरण असफल भयो भनेर मानिसले ठूलो निराशा प्रकट गरिरहेका वेला छलफलको यो विषय तय गरिएको हो,’ फोरमले भनेको छ ।

 

मूलतः ६ वटा बृहत् विषयवस्तु बहुअवधारणायुक्त विश्वमा भूराजनीति, अर्थतन्त्रको भविष्य, औद्योगिक प्रणाली तथा प्रविधि नीति, प्रणालीगत सोच प्रवद्र्धनका लागि जोखिमको लचकता, मानवपुँजी र समाज, विश्वव्यापी संस्थागत सुधारमा छलफल केन्द्रित हुनेछ ।

 

कार्यक्रम किन महत्वपूर्ण ?

विश्वभरका सरकार, निजी क्षेत्र तथा नागरिक समाजका नेताहरू एकै ठाउँमा जम्मा हुने यो एक मात्रै सभा हो । एक सयभन्दा बढी देशका सरकार प्रमुख तथा सदस्यहरू, विश्वका एक हजारभन्दा बढी ठूला कम्पनीका प्रमुख कार्यकारी, संयुक्त राष्ट्रसंघ, विश्व बैंक, विश्व व्यापार संगठनलगायत धेरै विश्व संस्थाका प्रतिनिधि, नागरिक समाज तथा वैकल्पिक सोचका नेताहरू एकै ठाउँमा जम्मा हुन्छन् ।

 

यो सार्वजनिक र निजी साझेदारीको एउटा छुट्टै मञ्च हो, जहाँ विश्वव्यापी मुद्दाहरूमा स्वतन्त्र बहस हुन्छ । यसले गरेका निर्णय र निष्कर्षहरूलाई विश्वका सरकार तथा निजी क्षेत्रले सम्मान गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
१३ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

    बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो

नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम आउँदो मंसिरभित्र सुरु

एमाले इलाम अधिवेशन, अध्यक्षमा ३ जना आकांक्षी

    नेकपा एमालेको इलाम को ११औँ अधिवेशन आजबाट सुरू हुँदैछ । भोलिसम्म

एमालेको जागरणसभा तयारी, संयोजन समिति गठन

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरणसभा