विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सुर्खेतमा दुई ट्रक जलाए



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा शनिबार बिहान २ वटा मालवाहक ट्रकमा आगजनी गरेका छन् । नेकपाले आह्वान गरेको एक दिने सुर्खेत बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले दुई ट्रकमा आगजनी गरेका हुन् ।

 

बन्दकर्ताले शनिबार बिहान रत्न राजमार्गको सत्तरी र कर्णाली राजमार्गको बड्डीचौर नजिकै मालबाहक ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक  जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव निरिक्षक प्रदिप क्षेत्रीले जानकारी दिए ।

 

गत पौष २२ गते विप्लव नेकपाका विद्यार्थी नेता गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्दा लगाएको भन्दै नेकपाले विद्यार्थी नेता रिहाइको मागसहित एक दिने सुर्खेत बन्द आह्वान गरेको छ । बन्दका कारण सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीहरु चल्न सकेका छैनन् भने शनिबार बिहान सुर्खेत पुग्ने रात्रीसेवाका सवारी साधनहरु प्रहरीले स्किटङमा गन्तव्यमा पु-याइएको प्रहरीले जनाएको छ ।

 

मन्त्री बिना मगरको जिद्दीले मेलम्ची डुब्यो, जनतालाई पटक–पटक धोका

मेलम्चीले काठमाडौंवासीको प्यास मेटाउने प्रतिक्षा गरिएको धेरै समय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको  सरकारले दशैंअघि नै मेलम्ची काठमाडौं आउने बताएको थियो ।

 

खानेपानी मन्त्री बिना मगरले आफ्ना भाषणमा दशैंको भाखा सुनाएकी थिइन् । तर, मेलम्ची सपना अब अनिश्चित हुने देखिएको छ । ओली सरकार मेलम्चीमा डुबेकाले जनतालाई फेरि एक पटक धोका भएको छ ।

 

खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी इटालियन ठेकेदार सीएमसीले समयमै काम सम्पन्न नगरेको भन्दै करार सम्झौता रद्द गर्ने तयारी गरेको छ ।

 

करार अनुसार काम सम्पन्न नगरेको, उल्टै विभिन्न शर्त तेर्स्याएर कामबाट पन्छिन खोजेको भन्दै करार रद्द गर्ने तयारी गरेको हो । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार करार रद्द गरेको पत्र पठाउने तयारी गरिएको छ ।

 

‘नयाँ वर्ष मनाएर आउँछौं भनेर गएको ठेकेदार आएको छैन, उल्टै नयाँ शर्त अघि सारेको छ,’ ती अधिकारीले भने, ‘रद्द गर्नुको अर्को विकल्प छैन ।’ आर्थिक रुपमा टाँट पल्टेको घोषणा गरेको कम्पनीलाई उल्टै काम गरिदेउ भन्ने र अनुरोध गर्नु नै मन्त्रालयले गल्ती गरेको ती अधिकारीको भनाई छ ।

 

‘इटालियन सरकारलाई म काम गर्न सक्दैन भनेर उसले (सीएमसी) घोषणा गरिसकेको छ, सरकारले ६० दिने सूचना जारी गरिसकेको छ, इटालियन सरकारले उसको बैंक खाता रोक्का गरेको छ,’ ती अघिकारीले भने, ‘हाम्रा मन्त्रीज्यू, र सजिवज्यू त्यहीँबाट काम गराउँछौं भनेर जिद्दी गरिरहे, त्यसमा कुनै कानुनी वैद्यता थिएन ।’ जनवरी ७ सम्म काठमाडौं आउने भनेर ठेकेदारले समयसीमा दिएको थियो ।

 

तर, आउनुको सट्टा नयाँ शर्त तेर्स्याएर ठेकेदारले पत्र पठाएपछि मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुर आश्चर्य चकित भएको ती अधिकारीले बताए । ‘मन्त्रीज्यू भन्दा पनि सचिव ज्यूको आयोजनामा बढी दबाव थियो, त्यो दबावले ठेकेदारले करार रद्दको घोषणा गर्यो,’ उनले भने, ‘यस्तै दबाव रहे जुनसुकै ठेकेदार आए पनि काम गर्न निकै कठिन हुन्छ ।’

 

केही दिन अघि आयोजनाका प्रमुख सुर्यप्रसाद कँडेललाई इमेल लेखेर ठेकेदारले बेलायत अथवा सिंगापुरमा वार्ता गर्ने, सरकारले जफत गरेको पैसा फिर्ता दिनुपर्ने, अब नयाँ काम गर्दा पहिले नै भुक्तानी दिनुपर्ने र मूल्याङकन गर्नु अघि नै पैसा दिनुपर्ने लगायत माग अघि सारेको छ ।

 

यसरी नयाँ माग तेस्र्याएर पनि आयोजनाले काममा फर्कन आग्रह गर्दै सबै मागहरू वार्ताको माध्यमद्वारा समाधन गर्ने भन्दै पत्राचार गरेको ती अधिकारीले बताए । समयसीमा तोकेर पत्राचार गरे पनि ठेकेदारले कुनै वास्ता नगरेपछि करार रद्द गर्ने तयारीमा मन्त्रालय पुगेको छ ।

 

मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले ठेकेदारका बारेमा आफूलाई केही पनि थाहा नभएको बताए । ‘यत्रो दिन भयो, मन्त्रालयले केही न केही त गर्छ,’ उनले भने, ‘रद्द गर्ने कुरा मलाई थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...