मन्त्री बिना मगरको जिद्दीले मेलम्ची डुब्यो, जनतालाई पटक–पटक धोका



हाम्रो इकोनोमि

 

मेलम्चीले काठमाडौंवासीको प्यास मेटाउने प्रतिक्षा गरिएको धेरै समय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको  सरकारले दशैंअघि नै मेलम्ची काठमाडौं आउने बताएको थियो ।

 

खानेपानी मन्त्री बिना मगरले आफ्ना भाषणमा दशैंको भाखा सुनाएकी थिइन् । तर, मेलम्ची सपना अब अनिश्चित हुने देखिएको छ । ओली सरकार मेलम्चीमा डुबेकाले जनतालाई फेरि एक पटक धोका भएको छ ।

 

खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी इटालियन ठेकेदार सीएमसीले समयमै काम सम्पन्न नगरेको भन्दै करार सम्झौता रद्द गर्ने तयारी गरेको छ ।

 

करार अनुसार काम सम्पन्न नगरेको, उल्टै विभिन्न शर्त तेर्स्याएर कामबाट पन्छिन खोजेको भन्दै करार रद्द गर्ने तयारी गरेको हो । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार करार रद्द गरेको पत्र पठाउने तयारी गरिएको छ ।

 

‘नयाँ वर्ष मनाएर आउँछौं भनेर गएको ठेकेदार आएको छैन, उल्टै नयाँ शर्त अघि सारेको छ,’ ती अधिकारीले भने, ‘रद्द गर्नुको अर्को विकल्प छैन ।’ आर्थिक रुपमा टाँट पल्टेको घोषणा गरेको कम्पनीलाई उल्टै काम गरिदेउ भन्ने र अनुरोध गर्नु नै मन्त्रालयले गल्ती गरेको ती अधिकारीको भनाई छ ।

 

‘इटालियन सरकारलाई म काम गर्न सक्दैन भनेर उसले (सीएमसी) घोषणा गरिसकेको छ, सरकारले ६० दिने सूचना जारी गरिसकेको छ, इटालियन सरकारले उसको बैंक खाता रोक्का गरेको छ,’ ती अघिकारीले भने, ‘हाम्रा मन्त्रीज्यू, र सजिवज्यू त्यहीँबाट काम गराउँछौं भनेर जिद्दी गरिरहे, त्यसमा कुनै कानुनी वैद्यता थिएन ।’ जनवरी ७ सम्म काठमाडौं आउने भनेर ठेकेदारले समयसीमा दिएको थियो ।

 

तर, आउनुको सट्टा नयाँ शर्त तेर्स्याएर ठेकेदारले पत्र पठाएपछि मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुर आश्चर्य चकित भएको ती अधिकारीले बताए । ‘मन्त्रीज्यू भन्दा पनि सचिव ज्यूको आयोजनामा बढी दबाव थियो, त्यो दबावले ठेकेदारले करार रद्दको घोषणा गर्यो,’ उनले भने, ‘यस्तै दबाव रहे जुनसुकै ठेकेदार आए पनि काम गर्न निकै कठिन हुन्छ ।’

 

केही दिन अघि आयोजनाका प्रमुख सुर्यप्रसाद कँडेललाई इमेल लेखेर ठेकेदारले बेलायत अथवा सिंगापुरमा वार्ता गर्ने, सरकारले जफत गरेको पैसा फिर्ता दिनुपर्ने, अब नयाँ काम गर्दा पहिले नै भुक्तानी दिनुपर्ने र मूल्याङकन गर्नु अघि नै पैसा दिनुपर्ने लगायत माग अघि सारेको छ ।

 

यसरी नयाँ माग तेस्र्याएर पनि आयोजनाले काममा फर्कन आग्रह गर्दै सबै मागहरू वार्ताको माध्यमद्वारा समाधन गर्ने भन्दै पत्राचार गरेको ती अधिकारीले बताए । समयसीमा तोकेर पत्राचार गरे पनि ठेकेदारले कुनै वास्ता नगरेपछि करार रद्द गर्ने तयारीमा मन्त्रालय पुगेको छ ।

 

मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले ठेकेदारका बारेमा आफूलाई केही पनि थाहा नभएको बताए । ‘यत्रो दिन भयो, मन्त्रालयले केही न केही त गर्छ,’ उनले भने, ‘रद्द गर्ने कुरा मलाई थाहा छैन ।’

 

सिङ्गै गाउँ चार जनाको नाममा, लालपुर्जाबिहीन गाउँले

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।

 

यो समाचार आजको नागरिकबाट लिएको हो । कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तिल्सङलाई बुझाउनु पर्छ । गाउँमा उनको परिवार बसेको कयौँ पुस्ता बितिसकेको छ ।

 

जमिन नै नभएपछि उनको नाममा लालपुर्जा हुने कुरै भएन् । केही फुल्सिङबासीसँग त छ तर ऐलानी भएका कारण लालपुर्जा छैन । भएका सबै नम्बरी जग्गा अन्य गाउँका चार व्यक्तिका नाममा रहेकाले त्यहाँका बासिन्दा लालपुर्जाबिहीन बन्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...