भागवण्डा नमिलेपछि सांसदले गाडी फिर्ता गरे, रिक्सा चढेर घर फर्किए



हाम्रो इकोनोमि

 

नम्बर प्रदेशमा प्रदेशसभा विभिन्न सभापातिहरु, दलका नेताहरुका लागि गरिएको गाडी खरिद प्रकरणमा भएको अनियमतिताबारे समाचार राटोपाटी अनलाइनमा समाचार प्रकाशित भएपछि अहिले प्रदेशसभाले छानविन उपसमिति गठन गरेर काम शुरु गरेको छ  ।  उता, सांसदहरले एकपछि अर्को गाडी फिर्ता गरिरहेका छन् ।

 

गत पुस २७ गते सार्वजिक लेखा समितिका सभापति डिल्ली चौधरीले गाडी फिर्ता गरेका थिए भने आज नेपाली काँग्रेस ससदीय दलका नेता वलदेव शर्मा पोखरेलले गाडी फिर्ता गरेका छन् । उनले प्रदेशसभाले उपव्ध गराएको लू १ झ ४४७ नम्बरको गाडी फिर्ता गरेका हुन् ।

 

प्रदेशसभाका लागि खरिद भएका १३ वटा मध्ये ११ वटा गाडीवटा अनियमितता भएको आशंका रहेको छ ।  संसदीय दलका नेता शर्माले गाडीको चाबी र बिलबुक प्रदेशसभा सचिव दुर्लभ कुमार पुनलाई  सञ्चारकर्मीहरुको उपस्थितिमा बुझाएका थिए ।

 

‘विवादित गाडी चाहिँदैन बरु साइलक चढेर प्रदेश सभा आउँछु’

नेपाली काग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले गाडी खरिदमा भएको अनियमितताबारे लेखा समितिले छानविन गरेको भन्दै प्रदेशसभाले प्रदान गरेको विवादित गाडी आफूले नचढ्ने बताए । उनले भने, ‘म यस्तो विवादित गाडी चढ्दिनँ, बरु साइकल चढेर प्रदेश सभा आउँछु ।’  प्रदेश सभा गाडी बुझाएपछि  ना १ ह ६८१६ नम्बरको अटो रिक्सा चढेर घरतिर लागेका थिए । उनको घर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्दछ ।

 

छानविन समितिका सदस्य भन्छन् : पक्कै केही त्रुटी छ 

छानविन समितिले मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषदको कार्यालयदेखि प्रदेशका सबै मन्त्रालय र प्रदेश सभा सचिवालयले पठाएका सवारी साधनसम्बन्धि फाइल अध्ययन गरिरहेको छ ।

 

नेकपाका सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा बनाइएको उपसमितिमा काँग्रेसका वैजनाथ कलवार र राजपाकी कल्पना पाण्डे सदस्य रहेका छन् ।  उपसमितिका सदस्य कलवारले आफूहरुले फाइल अध्ययन गरिरहेको र प्रतिवेदन बनाउने अन्तिम तयारीमा रहको बताए । उनले गाडी खरिदको विषयमा केही त्रुटी पाइएको पनि बताए ।

 

उनले भने, ‘अहिले नै सबै कुरा भन्न मिल्दैन तर केही त्रुटी चाहीँ भेटिएका छन् । अब एक दुई दिनमा प्रतिवदेन बुझाउँछौँ ।’  प्रदेश ५ को संसद तथा सरकारले यस आर्थिक वर्षमा करिव २३ करोडका सवारी साधन खरिद गरेको छ । जसमा प्रदेश सभाको लागि १३ वटा गाडी करिव ८ करोडमा खरिद गरिएको थियो । बजार मूल्यभन्दा बढीमा खरिद भएको र एक महिनामा नै बिग्रन थालेपछि ठूलो घोटला भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...