श्रृङ्खला खतिवडालाई १० प्रश्न : सानोमा म ज्ञानी, दाइ चकचके



 

श्रृङ्खला खतिवडाको चर्चा त्यतिबेला चुलियो जतिबेला उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०१८’ मा सहभागी भइन् । ‘मिस नेपाल वर्ल्ड २०१८ ’को उपाधि चुम्दै ‘मिस वल्र्ड’मा सहभागी उनले उक्त प्रतियोगीतामा आफूलाई उत्कृष्ट १२ भित्र समेत उभ्याउन सफल भइन् ।

 

सोही प्रतियोगिताबाट ‘ब्यूटी विथ द प्रपोज’ र ‘मल्टिमिडिया अवार्ड’ जस्तो दुई महत्वपूर्ण उपाधि नेपाल भित्र्याउन सफल उनको समाजसेवातिर पनि रुचि रहँदै आएको छ । ‘मिस वर्ल्ड’ यात्रापछि आफूमा थुप्रै परिवर्तन आएको बताउने उनको अभिनयतिर भने पटक्कै रुचि छैन ।

 

सौन्दर्य प्रतियोगितामा प्रवेश गर्नुको लक्ष्य प्राप्त भयो कि भएन ?
– ‘मिस नेपाल’ पछि मेरो पहिलो लक्ष्य ‘मिस वर्ल्ड’ मा सहभागी हुनु थियो । केही हदसम्म त्यो पूरा भयो । मैले सानैदेखि ‘मिस नेपाल’ लाई बिग प्लेटफर्मको रुपमा हेर्दै आएकी थिएँ । त्यसैले पनि ‘मिस नेपाल’ का हरेक इभेन्ट सानैदेखि फलो गर्थेँ। म जित्नसक्छु भन्ने कन्फिडेन्ट पहिले मेरो मनमा थिएन । जब जित्छु भन्ने कन्फिडेन्ट पलायो । मिस नेपालमा भाग लिएँ र जितेँ पनि ।

 

फिटनेश गर्नुहुन्छ ?
– ‘मिस नेपाल’ र ‘मिस वर्ल्ड’ को तयारी गर्दा त धेरै फिटनेस तिर ध्यान थियो । ‘मिस वर्ल्ड’ बाट फर्किएपछि भने त्यति ध्यान दिन सकेकी छैन । फिटनेस ध्यान दिनुपर्छ भन्ने लागेको छ ।

 

मनपर्ने फेसन ?
– म सिम्पल छु। कस्तो फेसन चलिरहेको छ। कस्तो आउँदैछ। सबैको जानकारी राख्छु। तर, म सिक्पल पहिरन रुचाउँछु । चलेको, ब्राण्डेड, नयाँ भन्दा पनि कम्फटेवल तिर जोड दिन्छु।

 

फूर्सदको समय ?
– फूर्सद कहिलेकाहिँ मात्र हुन्छ। यस्तो समय पुस्तकहरु अध्ययन गर्छु। कथा, कविता लेख्छु।

 

घुमफिरतिर कतिको रुचि छ ?
– धेरै रुचि छ । ट्रेकिङ जान एकदमै रमाइलो लाग्छ। देशका सबै जिल्ला घुम्न पाएको छैन । घुम्ने इच्छा छ।

 

नेपाली फिल्म कति हेर्नुहुन्छ ?
– नेपाली न हिन्दी । धेरै फिल्म हेरेकी छैन । अनमोल केसी, प्रदीप खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह, राजेश हमाल, भुवन केसी, नीर शाहलगायत  केही नेपाली कलाकार चिन्छु ।

 

समाजसेवामा रुचि कहिले पलायो ?
– सानैदेखि अरुका लागि केही गरौ भन्ने भावना मनमा थियो । कसरी के गरेर सुरु गर्ने भन्नेमा अन्यौलमा थिए । बिभिन्न माध्यमबाट गाउँघरका, गरिब असाहयका दुःख सुन्दा केही गर्न सकिन्छ कि भनेर सोचिरहन्थे । ‘बर्थ डे’ साथीभाइसँग डिस्को गएर भन्दापनि असाहय र अनाथलाई खाना खुवाएर मनाउँदै आएको छु । ‘मिस नेपाल’ भएपछि समाजसेवाको लागि झन् माहोल मिल्यो ।

 

सानोमा तपाईँ कस्तो हुनु हुन्थ्यो ?
– म एकदमै ज्ञानी थिए । मेरो दाइ बरु चकचके हुनुहन्थ्यो ।

 

राजनीति मनपर्छ ?
–अहिले त ठीकै लाग्छ । तर सानोमा फिटिक्कै मनपर्दैन थियो । कारण, बुबाआमा राजनीतिमा भएकोले हामी र घरबाट सधैं टाढा रहनुहुन्थ्यो । देशका लागि, जनताका लागि सधै लागिपर्नु हुन्थ्यो । तर घरका लागि समय निकाल्न मुस्किल थियो । राजनीतिमा लागेर उहाँहरुले जस भन्दा पनि धेरै अपजस पाएको देख्थेँ । राजनीतिले गर्दा आमाबुबा सधैँ टेन्सनमा हुनुहुन्थ्यो । यसकारण पनि राजनीति मन परेन ।

 

देशको महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर मिल्यो भने ?
– देशमा कानुन छ । कानुन भएको फिल गर्न सकिएको छैन । दोषीलाई सजायँ दिने जेल छ, दोषी बाहिर खुल्लेआम हिँडिरहेका छन् । दोषी जो भएपनि कानुले छाड्दैन भन्ने मौका मिलेको छैन । गरिब र धनीका लागि कानुन फरक देखिएको छ । यदि अवसर मिल्यो भने कानुन सबैका लागि एउटै हो भन्ने फिल गराउछु ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको