बेलायती राजकुमार कार दुर्घटनामा



हाम्रो इकोनोमि

 

 

 बेलायती राजकुमार फिलिप, महारानी एलिजाबेथ द्वितीयका पति, कार दुर्घटनामा परेका छन् । ९७ वर्षीय राजकुमार सवार ल्याण्डरोभर दुर्घटनामा परे पनि उनी सकुशल रहेको जनाइएको छ । स्थानीय समय अनुसार दुर्घटना दिउँसो ३ बजे नोरफोल्कमा रहेको रानीको स्यान्ड्रिङहम स्टेट नजिकैको सडकमा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

फिलिपको कारसँगै दुर्घटनामा परेको अर्को गाडीमा सवार ड्राइभरलाई चोट लागेको छ भने महिला यात्रुको हातमा चोट लागेको प्रहरीले जारी वक्तव्यमा भनिएको छ । दुवै ड्राइभरले मादक पदार्थ सेवन गरे–नगरेको जाँच गर्दा दुवै पास भएको पनि प्रहरीको भनाई छ ।

दुर्घटनापछि स्यान्ड्रिङहम स्टेटमा नै डाक्टरले उनको जाँच गरेका थिए । डाक्टरहरुले उनको शरीरमा कुनै भित्री चोट नरहेको बताएका छन् । यता, धेरैले ९८ पुग्न पाँच महिना बाँकी रहेका फिलिप गाडी चलाउनका लागि योग्य भएको वा नभएको बारे प्रश्न उठाएका छन् ।

बेलायतमा ७० वर्ष उमेरभन्दा बढीका ड्राइभरले प्रत्येक तीन वर्षमा लाइसेन्स अध्यावधिक गराउनु पर्छ । रानी एलिजाबेथलाई ड्राइभर लाइसेन्स आवश्यक नभए पनि फिलिपका लागि भने अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...