बेलायती राजकुमार कार दुर्घटनामा



हाम्रो इकोनोमि

 

 

 बेलायती राजकुमार फिलिप, महारानी एलिजाबेथ द्वितीयका पति, कार दुर्घटनामा परेका छन् । ९७ वर्षीय राजकुमार सवार ल्याण्डरोभर दुर्घटनामा परे पनि उनी सकुशल रहेको जनाइएको छ । स्थानीय समय अनुसार दुर्घटना दिउँसो ३ बजे नोरफोल्कमा रहेको रानीको स्यान्ड्रिङहम स्टेट नजिकैको सडकमा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

फिलिपको कारसँगै दुर्घटनामा परेको अर्को गाडीमा सवार ड्राइभरलाई चोट लागेको छ भने महिला यात्रुको हातमा चोट लागेको प्रहरीले जारी वक्तव्यमा भनिएको छ । दुवै ड्राइभरले मादक पदार्थ सेवन गरे–नगरेको जाँच गर्दा दुवै पास भएको पनि प्रहरीको भनाई छ ।

दुर्घटनापछि स्यान्ड्रिङहम स्टेटमा नै डाक्टरले उनको जाँच गरेका थिए । डाक्टरहरुले उनको शरीरमा कुनै भित्री चोट नरहेको बताएका छन् । यता, धेरैले ९८ पुग्न पाँच महिना बाँकी रहेका फिलिप गाडी चलाउनका लागि योग्य भएको वा नभएको बारे प्रश्न उठाएका छन् ।

बेलायतमा ७० वर्ष उमेरभन्दा बढीका ड्राइभरले प्रत्येक तीन वर्षमा लाइसेन्स अध्यावधिक गराउनु पर्छ । रानी एलिजाबेथलाई ड्राइभर लाइसेन्स आवश्यक नभए पनि फिलिपका लागि भने अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...