डा.केसी विरुद्ध विजय थापा अनशनमा, स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि इमरजेन्सी र आइसीयुमा



 

चिकित्सा विधेयकको पक्ष र विपक्षमा माग राख्दै इलाममा अनशनरत डा.गोविन्द केसी र विद्यार्थी विजय थापाको स्वास्थ्य अवस्था थप चिन्ताजनक भएपछि दुवैलाई काठमााडौं ल्याइएको छ । शुक्रबार बिहान नेपाली सेनाको  हेलिकोप्टरमार्फत दुवैजनाई काठमाडौं ल्याइएको हो ।

 

अहिले दुबैजनाको त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी र आइसीयु कक्षमा उपचार भइरहेको छ । डा.केसीलाई अस्पतालको आइसीयू कक्षमा भर्ना गरिएको छ भने थापालाई इमरजेन्सीमा भर्ना गरिएको छ । उनीहरु दुबैजनालाई भेट्न दिइएको छैन । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा अवस्था कडा पारिएको छ । डा.केसीलाई शुक्रबार बिहान नेपाली कांग्रेसका युवा नेता गगन थापाले भेट गरेका छन् । भेटबारे उनले कुनै प्रतिक्रिया दिएनन् ।

 

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसीले इलाममा १६ औं अनसन थालेका थिए। अनसन थालेलगत्तै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाका एमआई १७ नाइटभिजने हेलिकोप्टरमार्फत उनलाई शुक्रबार बिहान ३ बजे झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएको थियो ।

 

त्यस्तै चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि थापाले आमरण अनशन शुरु गरेका थिए । उनले डा.केसीको मागका विरुद्ध खुलेआम अनसन सुरु गरेपछि सबैको चासोका विषय बनेको थियो । उनलाई नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टरबाट आज बिहान १० बजे झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौँ ल्याइएको थियो ।

 

इलाममा उपचार सम्भव नभएको चिकित्सकले बताएपछि उनलाई आज बिहान ३ बजे इलामबाट एम्बुलेन्समार्फत झापा ल्याइएको थियो । झापा ल्याएर उनलाई मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो ।

 

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरीका जिल्लास्थित उच्च अधिकारी थापालाई काठमाडौँ पठाउने बेलामा विमानस्थलमा उपस्थित थिए ।  दुवै अनशनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौँ लैजाने व्यवस्था मिलाएको हो ।

 

दुवैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौँ लैजाने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनशनकारी थापालाई ल्याउन आधा घण्टा ढिलाइ भएको र त्यहीबेला प्राडा केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र लिएर सेनाको हेलिकप्टर राति काठमाडौँ उडेको थियो ।

 

डा. केसीको मागबारे प्रधानमन्त्रीको जवाफ- एउटा व्यक्तिको लहडले देश चल्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद्‌लाई आदेश दिन नसक्ने बताउनु भएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा कांग्रेस सांसद गगन थापाले डा. गोविन्द केसीको मागका सम्बन्धमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

 

‘म संसद्‌लाई आदेश दिन सक्दिनँ । सरकारले गरेको सहमति संसद्‍ले कार्यान्वयन गरोस् भन्ने मोरो आग्रह छ, आदेश होइन । मैले संसद्‌लाई बाध्यतामा धकेल्न मिल्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । साथै प्रधानमन्त्री ओलीले एउटा व्यक्तिको लहडले लोकतन्त्रमा कस्तो काम गर्ला भन्दै प्रतिप्रश्न समेत गर्नुभयो । ‘१६औं पटकको अनशन जारी छ ।

 

१५औं पटकको अनशनको चर्चा छ । सम्झौता त्यसअघि पनि भएका थिए । विधि कस्तो हुने ? एकजना अनशन बसेपछि देशै बन्द हुने, तर्कले काम नगर्ने, तथ्यले काम नगर्ने, संविधानले काम नगर्ने, राष्ट्रिय आवश्यकताले काम नगर्ने !’ गगनलाई प्रतिप्रश्न गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एउटा व्यक्तिको लहडले लोकतन्त्रमा कस्तो काम गर्ला ?’

 

प्रधानमन्त्री ओलीले संविधान र कानूनभन्दा माथि कोही पनि नभएको बताउनुभयो ।’हरेकले आफ्नो सीमालाई, कानूनको सर्वोच्चतालाई मान्नुपर्छ । कानूनभन्दा माथि कोही पनि हुन सक्दैन । हामी सबै संविधान, कानून, विधि र प्रक्रियाको अधीनमा छौं ।

 

पृथ्वी पनि सूर्यको वरिपरि दिनरात घुम्न बाध्य छ, चन्द्रमा बाध्य छ, भने धर्तीका मानिसहरू प्रणालीभन्दा बाहिर गएर आफूलाई परम, सुप्रीम र म जे भन्छु त्यही हुनुपर्छ भन्न मिल्दैन,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘आफ्ना सहमतिहरूप्रति सरकार प्रतिबद्ध छ ।’ संसद् भवन बानेश्वरमा जारी बैठकमा प्रधानमन्त्रीलाई सांसदहरूले विभिन्न प्रश्न सोधिरहेका छन् । प्रधानमन्त्रीले तत्कालै जवाफ दिइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने