स्विस बैंकको कालो धन नेपाल ल्याईन्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्जन गरेको धन गैरकानुनी ढङ्गले विदेशी बैंकहरुमा थुपार्नेहरुको खोजी गरी कार्वाहीको प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

शुक्रबार संसदमा सांसदहरुले राखेको जिज्ञासाको सिधा जवाफ दिंदै प्रधानमन्त्री ओलीले विदेश बैंकमा गैरकानुनीले ढङ्गले सम्पत्ति थुपार्ने कार्यलाई निरुत्साहित गर्ने र कडाइका साथ नियन्त्रण गरिने दावी गरे ।

 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कास्कीका सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले नेपालिक्सको नाममा सार्वजनिक भएको कालोधनको चलखेल के हो रु अविलम्ब छानविन आयोग बनाइयोस्’ भन्ने जिज्ञासको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ‘यस्तो कार्य सरकारको चासोमा रहेको र खोजबिन, छानबिन गरिने बताएका हुन् ।

 

सरकार सुशासन, विकास र समृद्धिका लागि भएको दावी गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा आएका सबै कुरा सत्य नहुने र अनुमान गर्दैमा कुनै कुरा असत्य पनि नहुने बताए । उनले भ्रष्टाचार गर्ने र देशलाई घाटामा पार्नेहरुप्रति सरकार कडारुपमा प्रस्तुत हुने बताउँदै यी विषयमा सरकार गभ्मिर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...