स्विस बैंकको कालो धन नेपाल ल्याईन्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्जन गरेको धन गैरकानुनी ढङ्गले विदेशी बैंकहरुमा थुपार्नेहरुको खोजी गरी कार्वाहीको प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

शुक्रबार संसदमा सांसदहरुले राखेको जिज्ञासाको सिधा जवाफ दिंदै प्रधानमन्त्री ओलीले विदेश बैंकमा गैरकानुनीले ढङ्गले सम्पत्ति थुपार्ने कार्यलाई निरुत्साहित गर्ने र कडाइका साथ नियन्त्रण गरिने दावी गरे ।

 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कास्कीका सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले नेपालिक्सको नाममा सार्वजनिक भएको कालोधनको चलखेल के हो रु अविलम्ब छानविन आयोग बनाइयोस्’ भन्ने जिज्ञासको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ‘यस्तो कार्य सरकारको चासोमा रहेको र खोजबिन, छानबिन गरिने बताएका हुन् ।

 

सरकार सुशासन, विकास र समृद्धिका लागि भएको दावी गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा आएका सबै कुरा सत्य नहुने र अनुमान गर्दैमा कुनै कुरा असत्य पनि नहुने बताए । उनले भ्रष्टाचार गर्ने र देशलाई घाटामा पार्नेहरुप्रति सरकार कडारुपमा प्रस्तुत हुने बताउँदै यी विषयमा सरकार गभ्मिर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...