‘प्रसाद’का दुई गीतलाई करोड बढी भ्युज



हाम्रो इकोनोमि

 

फिल्म ‘प्रसाद’ मा समावेश दुई गीत एकैसाथ करोड क्लवमा प्रवेश गरेका छन् ।

‘प्रसाद’ को ‘लै लै’ र ‘बनकी चरी’ बोलको गीतले एक करोड भ्युज पाएको हो ।

यस फिल्ममा तीन गीत सामावेश छन  ।

 

‘लै लै’ गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको छ । उक्त मार्मिक गीतले निकै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

केतन क्षेत्रीको स्वर रहेको गीतमा गणेश शाहीको शब्द र सुभाष भुसालको संगीत रहेको छ । संगीत संमायोजन उदयराज पौडेलले गरेका छन् ।

रुपक डोटेल र अन्जु पन्तको स्वर रहेको गीतमा निश्चल बस्नेत, विपिन कार्की, अन्जली शर्माले फिचरिङ गरेका छन् । बि. पाण्डेको शब्द रहेको गीतमा सुवाष भुषालले संगीत भरेका छन् । यो गीतमा संगीत संमायोजन उदयराज पौडेलले गरेका छन् ।

दिनेश राउतले निर्देशन गरेकोे फिल्ममा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ । निःसन्तान दमत्तीको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् । सुभाष थापाले निर्माण गरेको फिल्म ‘प्रसाद’ गएको मंसिर २१ गते प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस
पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...