‘प्रसाद’का दुई गीतलाई करोड बढी भ्युज



हाम्रो इकोनोमि

 

फिल्म ‘प्रसाद’ मा समावेश दुई गीत एकैसाथ करोड क्लवमा प्रवेश गरेका छन् ।

‘प्रसाद’ को ‘लै लै’ र ‘बनकी चरी’ बोलको गीतले एक करोड भ्युज पाएको हो ।

यस फिल्ममा तीन गीत सामावेश छन  ।

 

‘लै लै’ गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको छ । उक्त मार्मिक गीतले निकै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

केतन क्षेत्रीको स्वर रहेको गीतमा गणेश शाहीको शब्द र सुभाष भुसालको संगीत रहेको छ । संगीत संमायोजन उदयराज पौडेलले गरेका छन् ।

रुपक डोटेल र अन्जु पन्तको स्वर रहेको गीतमा निश्चल बस्नेत, विपिन कार्की, अन्जली शर्माले फिचरिङ गरेका छन् । बि. पाण्डेको शब्द रहेको गीतमा सुवाष भुषालले संगीत भरेका छन् । यो गीतमा संगीत संमायोजन उदयराज पौडेलले गरेका छन् ।

दिनेश राउतले निर्देशन गरेकोे फिल्ममा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ । निःसन्तान दमत्तीको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् । सुभाष थापाले निर्माण गरेको फिल्म ‘प्रसाद’ गएको मंसिर २१ गते प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...